के गर्छन् बलिउडका हस्ती दाजुभाई र दिदीबहिनीहरु ?

बलिउडका चलचित्रदेखि गीतहरुमा दिदीभाई अथवा दाजुबहिनीको सम्बन्धको अचम्मको स्नेह देख्न सकिन्छ। चलचित्रमा दाजुभाई अथवा दिदीबहिनीको पात्र गर्नेहरु वास्तविक जीवनमा पनि त्यो भूमिकामा निभाईरहेका छन्।

यद्यपि, बलिउडका यी कलाकर्मीको आफ्नो वास्तविक भाई बहिनी अथवा दाई दिदीसँगको सम्बन्ध फरक छ। बाल्‍यकालदेखि अहिलेम्म उनीहरुको सम्बन्ध कहिले राम्रो भएको र कहिले बिग्रिएको पनि सुनिन्छ, तर यो सम्बन्ध कहिले पनि तोडिएको भने हुँदैन। यहाँ बलिउडका यस्ता केही कलाकारको बारेमा चर्चा गरिएको छ।

प्रियंका  चोपडा र सिद्धार्थ चोपडा


प्रियंका चोपडाभन्दा ७ वर्ष कान्छा सिदार्थ हस्पिटालिटिको क्षेत्रमा संलग्न छन्। उनी लाइम लाइट भन्दा धेरै पर छन्। सिद्धार्थ कुलिनरी एक्सपर्ट हुन्।

सन् २०१५ मा उनको विवाह कनिका माथुरसँग हुने कुरा थियो तर व्यक्तिगत कारण भन्दै यो विवाह स्थगित भएको थियो। प्रियंका आफ्नो भाई र आमासँग छुट्टी मनाउन जाने गर्छिन्। केही समय अगाडि उनको भाइको जन्मदिन अलि फरक तरिकाले मनाइयो।

रणवीर सिंह र रितिका भावनानी


रितिका रणवीर सिंहको दिदी हुन्। उनी दिदीसँग धेरै नै नजिक छन्। उनी आफ्नो आमालाई ‘बढि माँ’ र दिदीलाई ‘छोटि माँ’ भन्छन्। सानोमा रितिका आफ्नो भाईको लागि चकलेट ल्याइदिन्थिन्, जसको असर उनको दाँतमा पनि देख्न सकिन्छ। भनिन्छ, ‘रणवीर जब अमेरिकामा बस्थेँ, उनको लागि रितिका राँखीसँग खर्च पठाउने गर्थिन्।’

अनुष्का शर्मा र कर्णेश शर्मा


कर्णेश शर्मा अन्डर १९ रणजी क्रिकेट खेलि सकेका छन्। विराटसँग उनको मित्रता पनि थियो। जसको कारण विराट अनुष्काको घरमा आउने जाने समेत गर्थेर कर्णेश हिजोआज क्लिन स्लेट फिल्मस कम्पनी चलाएर बसेका छन्।

कर्णेश पहिले मर्चेन्टमा जलसेना भएर काम गर्थे। तर २०–२० घण्टासम्म काम गर्ने उनले त्यो पेशा छोडेँ र फिल्म इन्ड्रस्ट्रीमा आए। आफ्नै निर्माणमा उनीहरुले ‘एनएच १० र फिल्लौरी’ चलचित्र बनाइसकेका छन्।

अक्षय कुमार र अल्का भाटिया


सन् २०१२ मा अल्का भाटियाको विवाह सुरेन्द्र हिरानन्दानीसँग भएको थियो। अल्का भन्दा १५ वर्ष जेठा सुरेन्द्रसँग अल्काको विवाहको लागि उनको परिवार सहमत थिएन। सुरेन्द्र विवाहित हुन् र उनको तीन जना बच्चाहरु छन्।

अक्षयले आफ्नो बहिनीलाई यो विवाहको लागि मञ्जुरी दिए। पछि अल्का फिल्म प्रडकसनमा कदम राखेर चलचित्र ‘फगली’ बनाइन्।

अक्षय कुमार आफ्नो बहिनीको खुसीको लागि जुनसुकै हदसम्म जान्छन्। सुरेन्द्रसँगको विवाहको लागि उनले दिएको अनुमतिले यो कुरालाई प्रमाणित गर्छ।

ऐश्‍वर्या राय र आदित्य राय


मिस वल्डकी ताज जितिसकेकी ऐश्वर्या राय विश्‍वमै चर्चित छिन्। तर उनको दाईको बारेमा कमै मानिसलाई मात्र थाहा छ। उनका दाई ‘दिलका रिश्ता’ का निर्माता हुन्।

उनी पहिला जलसेनका इन्जिनियर थिए। उनले मोडेल श्रीया रायसँग विवाह गरे र अहिले उनका दुई छोरा छन्। आदित्यको परिवार लाइम लाइटबाट पर बस्छन्। तर जुन बेला ऐश्वर्यालाई उनको आवश्यकता पर्छ उनी जसरी पनि आइपुग्छन्।

भदौ १०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्