१७ वर्षकी किशोरीको शव फेवातालमा भेटियो

पोखरा – पोखरा पुम्दीभुम्दी स्थित शान्ती स्तुप नजिक घर भएकी एक किशोरीको शव पोखराको ड्यामसाइड स्थित फेवातालमा भेटिएको छ । उनी आइतबार रातिदेखि सम्पर्क बिहीन थिइन् ।

आइतबार बेलुका साढे ४ बजे घरबाट निस्केकी उनी राति १२ सम्म सम्पर्कमा रहेको त्यसपछि ‘गुड बाई’ म्यासेज पठाएको आफन्तको भनाई छ ।

छोरेपाटन उच्च माविमा कक्षा १० मा अध्ययनरत १७ वर्षिय सुस्मिता लामिछानेले अन्तिम फोन कल नविन गुरुङलाई गरेको देखिएको कास्की प्रहरी प्रवक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

ड्यामसाइड स्थित फेवाताल किनारमा झोला र मोबाइल भेटिएपछि प्रहरीले त्यसकै आधारमा सर्च अघि बढाएको थियो । उनको शव ड्यामसाइड स्थित फेवातालमा भेटिएको हो ।

राति १२ बजे ड्यामसाईडबाटै नजिकको एक जना साथी र दाजुलाई म्यासेज गरेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

भदौ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्