डिप्रेसन,ब्याडलक र आफ्नो गल्तीहरुलाई हराएर हँसाउन आउँदै कपिल

जीवनमा आएका संकटबाट हार्ने कपिल शर्मा होइनन्। डिप्रेशन, नराम्रा दिन काटेका र निजी चित्तदुखाइका अनेकौँ पाटोलाई पछाडि छोडेर भारतका ‘कमिडि किङ्ग’ कपिल शर्मा फेरी आउँदैछन्। कपिल शर्मा धेरै लामो समयदेखि लाइमलाइटबाट बाहिर थिए। पछिल्लो वर्ष उनको लागि खास रहेन। यसैको कारणले उनी डिप्रेशनमो शिकार भए। उनी अहिले यसबाट बाहिर निस्किसकेका छन्।

भारतीय अनलाइन माध्यम दैनिक भासकर डट कमसँगको उनको भेटघाटमा उनले आफ्नो कम व्याक, आफ्नो कन्ट्रोभर्सी र भविष्यको योजनाको बारेमा पनि कुराकानी गरेका छन्। केहि दिन अगाडि कपिल मुम्बई एयरपोर्टमा देखिएका थिए। उनी खुसी देखिएका थिए, तर उनको बढेको ज्यानको मोटाइले उनलाई चिन्न अलि मुश्किल भएको थियो।

यद्यपी कपिलको फ्यानको लागि एउटा खुसीको खबर पनि छ, उनी चाँडैनै सबैलाई हसाँउन टिभीमा फिर्ता आउँदैछन्।

‘टिभीमा फर्कन्छु’

‘हुन त यो विषयमा अहिलेसम्म अन्तिम निर्णय भइसकेको छैन, तर म मेरा फ्यानलाई वाचा दिन्छु कि म चाडैँ नै टिभिमा फर्कन्छु। म ‘द कपिल शर्मा शो’ को नयाँ सिजन लिएर आउछुँ। यो शो आज पनि दर्शकको लागि फ्रेश शो हो। यद्यपी यसको योजना अहिले शुरुवाति चरणमा छ। तर म यसलाई साँच्चै नै लिएर आउछुँ। डिजिटल प्ल्याटफर्मको बारेमा अहिले केहि भन्न चाँडो छ।’

‘रिकभर गरिरहेको छु।’

कपिलले बताए की कसरी उनी आफ्नो नराम्रो समयबाट बाहिर निस्किएर राम्रो दिनको लागि तयार भइरहेका छन्। कपिलले भनेँ, ‘हो मेरो स्वास्थ्य धेरै कारणले खराब हुँदै गइरहेको थियो, तर अहिले म राम्रो स्थितीमा छुँ। म बिदामा गए, परिवारसँग समय बिताए, यो सबैले मलाई निको हुन मद्दत ग¥यो। म आफैँ पनि मेरो स्वास्थ्यको ख्याल राख्न थालेको छुँ। दिन दिनै म ठीक भइरहेको छुँ।

‘सन अफ मञ्जित सिंह’ का निर्माता

कपिल शर्माले भर्खरै एउटा पञ्जाबी चलचित्र निर्माण गरेका छन्। यस बारेमा उनले बताए, ‘म पञ्जाबी चलचित्र ‘सन अफ मञ्जित सिंह’ निर्माण गरिरहेको छुँ। यो अक्टोबरमा रिलिज हुँदैछ। यो मञ्जित सिंह र उनका छोराको एकदमै भावनात्मक कहानी हो। म यो चलचित्रलाई पुरै मन लगाएर उत्पादन गरिरहेको छुँ।

आशा छ यसको बारेमा दर्शकको राम्रो प्रतिक्रिया पाउँनेछु। मलाई उहाँहरुको आशिर्वादको आवश्यकता छ।

कपिल यो वर्ष रक्षाबन्धन मनाउनको लागि अमृतसर आएका हुन्। उनी आफ्नो बहिनीसँग धेरै नै नजिक छन्। उनी आफ्नो परिवारसँग धेरै समय बिताउन चाहन्छन्।

भदौ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्