अमिशा पटेललाई ‘आन्टी’ भनेर जिस्काए

बलिउडकी नायिका अमिशा पटेल ट्रोलको शिकार भएकी छिन्। यहि महिना सुबी स्याम्युलसँग गरेको ‘स्मोकी’ अवतारमा उनले हट फोटोसुट गरेकी थिइन्। त्यो तस्बिर उनले इन्स्टाग्राममा सार्वजनिक गरेकी थिइन्। जसमा उनले कालो रंगको ट्युब ब्रा लगाएकी छिन्। अनि शरीरभरी टल्कने टलकहरु छन्।

यो फोटोले धेरैको आँखा तान्यो। फोटो राखेको एक घण्टामा नै १३ हजार जनाले लाइक गरे। धेरैले फोटोको प्रशंसा गरे तर फोटो आलोचना र नकारात्मक प्रतिक्रियाभन्दा टाढा रहन सकेन।

अमिशा केहि वर्ष यता बलिउडबाट टाढा छिन्। उनले एक भन्दा अर्को सफल चलचित्रबाट आफ्नो करियर सुरु गरेको थिइन्, ‘कल हो ना हो’, गद्दर–एक प्रेम कथा जस्ता हिट चलचित्र दिएपनि सफलताको उचाईलाई अझ चुलाउन सकिनन्।

💋💋💋💋

A post shared by Ameesha Patel (@ameeshapatel9) on


अमिशा निरज पाठकको एक्शन कमिडि चलचित्र ‘भइयाज’ बाट स्क्रिनमा देखिँदैछिन्। चलचित्र यहि अक्टोबर १९ मा प्रदर्शनमा आउँदैछन्। यो चलचित्रमा सन्नी देवल, प्रिति जिन्टा पनि स्क्रिनमा देखिँदैछन्।

भदौ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्