बालबालिकालाई उपयोगी हुने भिडियो ‘ए इज फर एप्पल’

काठमाडौँ–सम्राट क्रिएशनले बालबालिकालाई लक्षित गर्दै शैक्षिक भिडियो सार्वजनिक गरेको छ। ए इज फर एप्पल बोल गीतमा बाल गायक आयुष के.सी.को स्वर दिएका छन्।

सुमन दाहालको निर्देशनमा निर्माण भएको यस बालगीतमा सन्तोष श्रेष्ठको शब्द तथा संगीत रहेको छ भने सुजिता सिटौलाले छायांकन गरेकी छन्। यो गीतलाई सुरेश राउतले सम्पादन गरेका छन् ।

गीतको भिडीयोमा बालकलाकार सम्राट दाहालको अभिनय रहेको छ। यो गीतले बालबालीकालाई पढ्न र सिक्न मद्दत गर्ने विश्वास गरिएको छ।

भदौ ११, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्