दुई शहीद परिवारलाई प्रदेश सरकारले दियो रोजगारी

प्रथम शहीद राजिव राउतकी श्रीमति निलम देवी राउतलाई रोजगारीको पत्र प्रदान गर्दै प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउत र मुख्य न्यायधिवक्ता दीपेन्द्र झा। तस्बिर- प्रतिभा झा/ देश सञ्‍चार

जनकपुरधाम- प्रदेश नम्बर-२ सरकारले तेस्रो मधेश आन्दोलनका प्रथम शहीद राजिव राउतकी श्रीमति निलम देवी राउतलाई रोजगारी दिएको छ।

प्रदेश सरकारको पहिलो मन्त्री परिषदको बैठकले प्रत्येक शहीद परिवारलाई रोजगारी दिने गरेको निर्णय अनुरुप उनलाई रोजगारी दिईएको हो।

प्रदेश २ को मुख्य न्यायधिवक्ताको कार्यालयमा राउतकी श्रीमतिलाई नियुक्ति दिइएको जनाईएको छ।

यस अघि सोही कार्यालयमा अर्को शहीद राम विवेक यादवकी श्रीमति अनिला यादवलाई समेत रोजगारी दिइएको छ।

मुख्य न्यायधिवक्ता कार्यालयले हालसम्म दुईजना शहीद परिवारलाई रोजगारी उपलब्ध गराएको छ।

भदौ १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्