प्रदेश सरकारविरुद्ध प्रदर्शन गर्ने सामाजिक परिचालक पक्राउ

फाइल फोटो

जनकपुरधाम- प्रदेश सरकारविरुद्ध आन्दोलनमा उत्रिएर प्रदर्शन गर्ने सामाजिक परिचालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मंगलवार प्रदेश-२ का मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय अगाडी धर्ना बसेका दुई दर्जनभन्दा बढी प्रदर्शनकारी परिचालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

Exif_JPEG_420

उनीहरुले पूर्ण सेवा सुविधा उपलब्ध गराइ अहिलेलाई कार्यालय सहायकमा समायोजन गर्नुपर्ने, स्थानीय तहमा समायोजनपछि योग्यताको आधारमा एक पटक उमेर हद नलाग्ने गरी दरबन्दी मार्फत स्थानीय तह कर्मचारीमा समावेश गरिनुपर्ने माग राख्दै आएका छन्।

प्रदेश २ को सप्तरीदेखि पार्साबाट आएका सामाजिक परिचालकहरु पहिले ज्ञापनपत्र बुझाउनका साथै नाराजुलुश समेत गरे तर माग सम्बोधन नभएपछी पछिल्लो ९ दिनदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय घेराउ गर्दै आइरहेका छन्। २८ असारबाट आफूहरु आन्दोलनमा रहेपनि सामाधानका लागि प्रदेश सरकारले चासो नदेखाएको आन्दोलनरत सामाजिक परिचालकहरुको भनाइ छ।

यता, मुख्यमन्त्री कार्यालयमा आउजाउ नै बन्द हुनेगरी प्रर्दशनमा उत्रिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक बडाबाबु झाले बताएका छन्।

हिजो पनि नाराजुलुश गर्दै मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय पुगेका समाजिक परिचालकहरु आज कार्यलय नै घेराउ गर्न पुगेको बताएका छन्।

भदौ १२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्