१७औं दिनमा सामाजिक परिचालकको आन्दोलन, १६ जना पक्राउ

जनकपुरधाम- प्रदेश सरकारविरुद्ध आन्दोलनरमा उत्रेका सामाजिक परिचालकको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दै १६ जनालाई पक्राउ गरेको छ।

रोजगारी सुनिश्चितता को मांग लिएर १७औं दिन समेत आन्दोलन जारी राखेका सामाजिक परिचालकमध्ये १६ जनालाई पक्राउ गरिएको संघर्ष समितिले जानकारी दिएका छन्।

बुधबार मन्त्री परिषदको कार्यालयको मुख्य ढेका अगाडी धर्ना बसेका उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सामाजिक परिचालकहरुले पूर्ण सुविधा उपलब्ध गराइ अहिलेलाई कार्यालय सहायकमा समायोजन गर्नुपर्ने, स्थानीय तहमा समायोजनपछि योग्यताको आधारमा एक पटक उमेर हद नलाग्ने गरी दरबन्दी मार्फत स्थानीय तह कर्मचारीमा समावेश गरिनुपर्ने माग राख्दै उनीहरुमा आन्दोलनमा उत्रेको छ।

यस्तै, माग सम्बोधन नभएसम्म विरोधको कार्यक्रम निरन्तर जारी राख्ने सामाजिक परिचालकहरुको कथन रहेको छ।

भदौ १३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्