भारतीय बोर्डरबाट लागूऔषध सहित तीन पक्राउ

महोत्तरी- महोत्तरीमा लागूऔषधसहित तीन जना पक्राउ परेको छ।

भारतीय सीमानाकाको मधवापुर बजारबाट लागूऔषध बोकेर नेपाल प्रवेश गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

नेपाल प्रवेश गने क्रममा तीनै जनामाथि शंका लागेर प्रहरीले मटिहानी नगरपालिका-७ स्थित चेकजाँचको बेला लागूऔषध फेला पारेको महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

उनीहरूको साथबाट प्रहरीले ३५ थान नाइटोभेट ट्याब्लेट बरामद गरेको छ। पक्राउ पर्नेमा जिल्लाको पिपरा गाउँपालिका–६ बस्ने धर्मनाथ मुखिया, दिनेश मुखिया र विवेक मण्डल रहेका छन्।

भदौ १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्