कुवेतले ६० वर्ष माथिकालाई भिसा नदिने, भएकालाई फिर्ता पठाउने

एजेन्सी– कुवेतले जनसंख्याको असन्तुलन घटाउन र रोजगार क्षेत्रलाई सुधार गर्न नयाँ नियम ल्याउने भएको छ । कुवेतले अब ६० वर्ष माथीका आप्रवासी कामदार भर्ना नगर्ने भएको छ । सम्झौता भैसकेकाहरु पनि अधिकतम ६५ वर्ष सम्मकालाई बस्ने अनुमती दिइने छ ।

कुवेतमा स्थानीयको जनसंख्या जम्मा ३० प्रतिशत मात्रै छ । केहि पदका लागि भने निश्चित मात्रामा उच्च दक्ष कामदार भर्ना गर्न यो नियमले नरोक्ने पनि जनाइएको छ ।

यो नियमले कर्मचारीको गुणस्तर बढाउन रोजगारीलाई व्यवसस्थित गर्न र ६० वर्षमाथीका कर्मचारी घटाउन सहयोग पुग्ने कुवेतको विश्वास छ ।

यो नियमको व्यवसायीहरुले भने विरोध गर्ने संभावना रहेको छ । उनीहरुले यसअघि पनि यस्ता नियम नस्वीकारेको स्थानीय सञ्चार माध्यमले जनाएका छन् । यो नियमले अनुभवी जनशक्तिलाई निराश पार्ने उनीहरुको टिप्पणी छ ।

 

भदौ १४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू