बलात्कारीलाई फाँसीको सजाय दिन प्रदेश दुईका सांसदको माग

जनकपुरधाम- प्रदेश २ को प्रदेशसभा बैठकले बलात्कारमा संलग्न व्यक्तिलाई फाँसीको सजाय दिन माग गरिएको छ।

पछिल्लो समयमा वलात्कारको घटना बढ्दै गएको भन्दै प्रदेशसभामा उपस्थित सांसद ले यस्तो जघन्य अपराधलाई रोक्न कडा भन्दा कडा कानुन ल्याउनुपर्ने माग गरेका छन्।

नेकपा सांसद ज्वालाकुमारी साहले बलात्कारमा संलग्न व्यक्तिलाई फाँसीको माग गरेकी छन्। उनले बलात्कारीलाई मृत्युदण्डको सजाय दिनुको विकल्प नरहेको उनको भनाइ छ।

सांसद साहले दुष्कर्ममा संलग्न व्यक्तिलाई फाँसीको सजाय दिइनुपर्ने माग गरेकी छिन्।

यस्तै, नेकपा सांसद शारदा थापाले प्रदेश २ सरकारको ‘बेटी पढाउ बेटी बचाउ’ योजनाको उपेक्षा गर्दै बलात्कारका घटनामा बृद्धि भएको भन्दै अपराधीलाई कडा भन्दा कडा सजाय हुनुपर्ने बताईन्।

भदौ १५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्