महिला हिंसा प्रति सरकार गम्भीर बन्न सकेन : कमल थापा

भक्तपुर – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दुत्व पहिचान रक्षाको निमित्त महिलाहरुले हस्तक्षेपकारी भूमिका निर्बाह गर्नुपर्ने बताएका छन् ।

पार्टीको भगिनि संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन भक्तपुर जिल्ला समितीद्वारा आयोजित महिला भेला तथा हरितालिका तिजको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै थापाले सामाजिक र सास्कृतिक चाड पर्वले आपसी सद्भाव, आत्मियता र एकतालाई मजबुत बनाई नेपाली समाजलाई कसिलोसङ्ग आपसमा जोडेको चर्चा गरे ।

गौरबशाली इतिहास , पहिचान र सस्कृती सिङ्गो मुलुकको पुँजि भएको भन्दै थापाले इतिहासलाई मेटेर कुनै मुलुक समृद्धि बन्न नसक्ने दाबी गरे । बल,समुन्नंत र स्वाधिन नेपाल निर्माणमा आग्रह पुर्बाग्रह भन्दा माथि उठि सबै लाग्नु आबश्यक भएको भन्दै थापाले मुलुकमा बढीरहेको महिला हिंसा र अपराधका घटनाप्रति चिन्ता व्यक्त गरे ।

महिलाहरुको हक,हित र रक्षार्थ सरकार गम्भीर रुपमा लाग्न समेत उनले ध्यानाकर्षण गराए ,उनले महिला हिंसा रोक्न सरकार असफल भएको समेत थपे । सो अबसरमा नेताहरु कुन्ती शाही, लक्ष्मि प्रसाद सङ्रौला, राजाराम बर्तौला,निना भेटवाल, यबती कार्की, माधब खत्री लागायतले बोलेका थिए ।

भदौ १६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्