पहिले गोल, अन्तिममा रेड कार्ड

फ्रेन्च लिग वान फुटबलमा च्याम्पियन पेरिस सेन्ट–जर्मेन, पिएसजीले विजयी यात्रा कायम राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा पिएसजीले निमलाई ४–२ ले हरायो ।

पिएसजीका लागि नेइमार, एन्जल डी मारिया, केलियन एमबाप्पे र एडिन्सन काभानीले गोल गरे । निमका लागि बोकिचोन र सावानिएरले गोल गरे ।

यो खेलमा दुवै टिमका एक एक खेलाडी जसले गोल गरेका थिए उनीहरु इन्जुरी समयमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । ७७ औँ मिनेटमा गोल गरेका एमबाप्पे इन्जुरी समयको चौथो मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

७१ औँ मिनेटमा गोाल गरेका निमका सावनिएर इन्जुरी समयको पाँचौँ मिनेनटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए । जितपछि पिएसजी चार खेलबाट १२ अंकसहित शीर्ष स्थानमा कायम छ ।

भदौ १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्