प्रशंसा केसी बनिन् वाई वाई ग्लोकल टिन हिरो २०१८

काठमाडौँ – वाई वाई ग्लोकल टिन हिरो २०१८ उपाधि प्रशंसा केसीले पाएकी छन् । शनिबार राजधानीमा आयोजित एक कार्यक्रमकाबिच केसीलाई यो उपाधि प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि श्रम तथा रोजगार  मन्त्री गोकर्ण बिष्टसँगै कार्यक्रमका निर्णयकले वाईवाई ग्लोकल टीन हिरोको उपाधि सँगैट्रफी हस्तान्तरण गरेका थिए ।

यो वर्ष देश भरिका प्रभावशाली किशोर किशोरीहरुबाट कुल ५ सय ३२आवेदन आएको थियो । आवेदकहरुले आफू समाज सेवा, पत्रकारिता, कम्प्युटर, रोबोटिक्स, उद्यमी र समुदाय विकास जस्ता गरेको कामले समाजमा परेको सकारात्मक प्रभावबाटआफ्नो कौशलता देखाएका थिए ।

वाई वाई ग्लोकल टिन हिरोको माध्यमबाट किशोर किशोरीहरुमा भएको प्रेरणा र उत्साहलाई प्रोत्साहन गरी उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउन यो कार्यक्रम गरिएको आयोजकले जनाएको छ ।

भदौ १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्