कृष्णजन्माष्टमी

पुनर्निर्मित पाटन कृष्ण मन्दिर र आल्हादित दर्शनार्थी

ललितपुर – भाद्र कृष्ण अष्टमीका दिन मनाइने ‘श्रीकृष्णजन्माष्टमी’ आइतबार देशभरि भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदैछ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमी अर्थात् आजैको मध्यरातमा भएकाले यो दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ।

विज्ञापन

यस अवसरमा देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिलाहरू ‘व्रत’ बसी रातभर जाग्राम बस्ने गर्छन् ।

भूकम्पका कारण भत्किएको ललितपुर पाटनको प्रशिद्ध कृष्ण मन्दिर पुनर्निर्माणपछि यो वर्ष विधिवत रुपमा खुल्ला भयो । मन्दिरमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

विसं २०७२ को भूकम्पपछि यो वर्ष मात्रै दर्शनार्थीले मन्दिरभित्र गएर माथिल्लो तलामा रहेको कृष्णको मन्दिरमा दर्शन गर्न पाएका हुन् । भूकम्पबाट क्षति पुगेपछि तीन वर्षसम्म मन्दिरमा पूजारीले पूजा गर्नेबाहेक सर्वसाधारणले भित्र गएर दर्शन गर्न पाएका थिएनन् ।

देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठ आइतबार बिहानैदेखि पाटन कृष्ण मन्दिरमा थिए । उनले त्यहाँ आएका दर्शनार्थीका विभिन्न भावभंगीका तस्बिर खिचेका छन् ।

भदौ १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू