आकश्मिक बाहेकका सेवा ठप्प पारेर डाक्टरहरु आन्दोलित

काठमाडौँ – लागु भएको मुलुकी देवानी तथा अपराध संहिताको विरोधमा देशभरका डाक्टर आन्दोलित भएका छन् ।

भदौ १ गतेदेखि लागु भएको मुलुकी देवानी तथा अपराध संहिताले आफूहरुलाई फरक व्यवहार गरेको भन्दै डाक्टरहरु आइतबारदेखि देशभरका अस्पतालमा आकश्मिक बाहेकका सेवा बन्द गरेर आन्दोलित भएका हुन् ।

बिरामीको ज्यान जोगाउनेमा ध्यान दिए पनि गर्दागर्दै नभएको अवस्थामा लागु भएको देवानी तथा अपराधसंहिताले आफूहरुलाई ज्यानमारालाई जस्तै व्यवहार गर्ने भन्दै डाक्टरहरुले संशोधनको माग गरेका छन् ।

नेपाल चिकित्सक संघको आह्वानमा आइतबारदेखि डाक्टरहरु एकीकृत रुपमा सेवा बन्द गरेर आन्दोलित भएका हुन् । डाक्टरहरुले आइतबार दिउँसो माइतीघरमा प्रदर्शन पनि गर्दै छन् ।

भदौ १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्