चिकित्सकहरुकाे आक्रोश

‘कामेका हातले चिर्न सकिँदैन…’

काठमाडौँ – ‘कामेका हातले चिर्न सकिँदैन, उपचारलाई अपराध भन्न पाईँदैन’, काठमाडौँको माइतीघरमा यस्तै नारा लेखिएका प्लेकार्डसहितका डाक्टर तथा नर्सहरु देखिए ।

भदौ १ गतेदेखि लागु भएको मुलुकी देवानी तथा अपराध संहिताले आफूहरुलाई ज्यानमारा जस्तो व्यवहार गरेको भन्दै देशभर डाक्टरहरु आकश्मिक बाहेकका सेवा ठप्प पारेर आन्दोलित भएका छन्।

नेपाल चिकित्सक संघको अगुवाईमा भएको आन्दोलन अन्तर्गत नै आइतबार दिउँसो डाक्टरहरुले माइतीघरमा प्रदर्शन गरे । प्रदर्शनमा एप्रोनसहित आएका डाक्टर तथा स्वास्थ्यकर्मीले आफूहरुलाई नयाँ मुलुकी देवानी तथा अपराध संहिताले फरक व्यवहार गरेको भन्दै विरोध गरे ।

बिरामीको ज्यान जोगाउनेमा ध्यान दिए पनि गर्दागर्दै नभएको अवस्थामा लागु भएको देवानी तथा अपराधसंहिताले आफूहरुलाई ज्यानमारालाई जस्तै व्यवहार गर्ने भन्दै डाक्टरहरुले संशोधनको माग गरेका छन् ।

भदौ १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्