प्रदेश-२ को राष्ट्र बैंकको गेटमा कानुनमन्त्रीको पुन: धर्ना

जनकपुरधाम-प्रदेश २ सरकारले दिएको विदा नमानेपछि आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव जनकपुरस्थित नेपाल राष्ट्र बैंक अगाडि धर्नामा बसेका छन्।कृष्णाष्टमीको अवसरमा प्रदेश सरकारले दिएको सार्वजनिक विदाको अवज्ञा गरेको विरोधमा मन्त्री यादव धर्नामा बसेका हुन् ।

यस्तै, प्रदेश सरकारको बिदा अटेर गरेपछि खुलेका कार्यालयहरु बन्द गराउन हिँडेका १२ जना विद्यार्थीहरुलाई प्रहरीले पक्राउ गरेको धनुषाका प्रहरी उपरिक्षक गोबिन्द थपालियाले जानकारी दिएका छन्। उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत भित्र राखिएको छ ।

संघीय सरकार मातहत रहेको नेपाल राष्ट्र बैंक प्रदेश सरकारले दिएको विदा मान्‍ने गरेको छैनन्। यसअघि, भदौ १० गते जनैपुर्णिमा तथा रक्षाबन्धनको उपलक्ष्यमा प्रदेश सरकारले दिएको सार्वजनिक विदा राष्ट्र बैंकाकले पालना नगरेपछि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले तालाबन्दी गरिदिएका थिए।

भदौ १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्