चिकित्सकप्रति सरकार आक्रमक

बन्द हड्तालमा उत्रिए ६ महिना जेल सजाय

काठमाडौंँ-सरकारले दिएको आश्वासनअनरुप मुलुकी अपराध संहिता संशोधन नभएको भन्दै आइतबार आन्दोलनमा उत्रिएका चिकित्सक विरुद्ध कठोर कदम चालिने चेतावनी दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक सूचना जारी गर्दै कुनै बन्द र हड्तालमा चिकित्सक उत्रिए उनीहरुलाई ६ महिना जेल सजाय र दुई सय रुपैयाँ जरिवाना या दुवै सजाय हुन सक्ने चेतावनी दिएको हो ।

मन्त्रालयले चिकित्सकहरु आन्दोलन स्थगित नगरे अत्यावश्यक ऐनमा टेकेर कडा कारवाही गर्ने चेतावनी दिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

नेपाल चिकित्सकको नेतृत्वमा आइतबारदेखि आकस्मिक सेवा बाहेक सबै सेवा ठप्प पारेर सरकारी, निजी र सामुदायिक चिकित्सक आन्दोलनमा उत्रिएका छन्।

उनीहरुले कानुन, न्याय तथा संघीय मामिला मन्त्रालयबाट मुलुक अपराध संहिता संशोधनको प्रतिवद्धता आएपनि त्यसको कुनै पनि प्रक्रिया अघि नबढेकोमा आक्रोश व्यक्त गरेका छन्। र थप आन्दोलनका कार्यक्रम समेत उनीहरुले घोषणा गरेका छन्।

अपराध संहितका इलाज सम्बन्धी कतिपय प्रावधानलाई चिकित्सकलाई अपराधी सरह व्यवहार गरेको चिकित्सकको आरोप छ। उपचारका क्रममा बिरामीले त्रुटी भएको भन्दै चिकित्सक विरुद्ध मुद्धा दायर गर्न सक्ने र तत्कालै सम्बन्धीत चिकित्सकलाई प्रहरीले हत्कडी लगाउन सक्ने गरी संहिता जारी गरिएको छ।

भदौ १७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्