काठमाडौँ – पछिल्लो दशकको राजनीतिक उतारचढावलाई समेटेर तयार पारिएको बसन्त बस्नेतको पुस्तक ‘७२ को विस्मय’ आउने शनिबार राजधानीमा विमोचन हुने भएको छ ।

२००८ सालदेखिको नेपाली लोकतन्त्रको विस्तार प्रक्रियाका बारेमा ‘७२ को विस्मय’ पुस्तक तयार पारिएको लेखकले बताएका छन् । उनले भूकम्पका कारण मात्रै होइन, नेपाली राजनीतिमा ठूलो उतारचढाव आएका कारण पनि चर्चामा रहने ७२ सालमा भएका राजनीतिक परिघटनाहरुलाई केलाएर पुस्तक तयार पारेको बताए ।

संविधान निमार्ण प्रक्रियासँग उठेका संघीयता, राज्यको पुर्नसंरचना, प्रतिनिधित्वको प्रश्न र पहिचानको राजनीतिको विषय पनि पुस्तकमा अटाएको उनले बताए ।

‘नयाँ संविधान निमार्ण, भारतले लगाएको नाकाबन्दी, टिकापुर हत्याकाण्ड र मधेश आन्दोलनका विषयलाई पुस्तकमा केलाएको छु,’ बस्नेतले भने ‘७२ को विस्मय पछिल्लो दशकको समकालीन इतिहास हो ।’

उनले ७२ को भूकम्पपछि नेपाली नेताहरुले संविधान निमार्णमा देखाएको सक्रियताका बारेमा पनि पुस्तकमा चर्चा गरिएको जानकारी दिए ।

भदौ १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्