मलेसियाका धेरै ठाउँमा प्रहरी परिचालन, ४ लाख अवैधानिक कामदार र ४५ हजार रोजगारदाता पक्राउ गर्ने

काठमाडौँ– मलेसियाले अवैधानिक कामदार धरपकड व्यापक रुपमा सुरु गरेको छ। आप्रवासी कामदारलाई आममाफी दिएपनि नफर्किएपछि उनीहरुलाई पक्राउ गर्न थालेको हो। आप्रवासी कामदार पक्राउका लागि धेरै ठाउँमा प्रहरी परिचालन गरिएको छ।

त्यहाँको अध्यागमन कार्यलयका महानिर्देशक फुस्तफार अलीले मलेसियालाई अवैधानिक कामदार मुक्त बनाउने बताएका छन्। यसका लागि लामो समयसम्म धरपकट अभियान चलाउने उनले बताएका छन्।

मलेसियाले यसपटक रोजगारदातालाई पनि निसाना बनाएको छ। ४५ हजार रोजगारदाताले अवैधानिक कामदारलाई रोजगारी दिएको अनुमान गर्दै उनीहरुलाई पनि पक्रेर कारबाही गर्ने मलेसिया सरकारको तयारी छ। यसअघि नै सूचना जारी गरेर उनीहरुलाई चेतावनी दिइसकेको मलेसियाले यस पटक भने कडा रुपमा प्रस्तुत हुने संकेत गरेको छ।

त्यहाँ सरकार पनि परिवर्तन भएको छ र वर्तमान सरकार कामदार प्रति उद्धार देखिएको छ। तर अवैधानिक कामदारलाई भने सखाप बनाउने अभियान सुरु गरेको छ।

स्थानीय सञ्चारमाध्यमका अनुसार २०१८ को डिसेम्बरसम्म चल्ने अभियानबाट कम्तिमा ४ लाख अवैधानिक कामदार पक्रिने अध्यागमन विभागका उपनिर्देशक सर्भन कुमारले बताए।

गत अगष्ट ३१ तारिखसम्म वैधानिक भएर मलेसियामै बस्न अथवा स्वदेश फर्किन दिएको थियो। तर यो प्रक्रियामा सामेल नभएकाहरुलाई भने समय सकिए लगत्तै ध्यागनले र प्रहरीले कडा अभियान चलाएको हो। गत शनिबार मात्रै ५ सय अवैधानिक रुपमा बस्दै आएका आप्रवासी कामदार पक्राउ परेको मलेसियाले जनाएको छ।

मलेसियामा करिव ४० लाख आप्रवासी रहेपनि झण्डै आधाजति अवैधानिक रुपमा बसिरहेको अनुमान गरिएको छ।

उनीहरुलाई पक्राउ गर्न शुक्रवार मध्यरात देखि नै मलेसियाले व्यापक प्रहरी परिचालन गरेको छ। विभिन्न कम्पनीमा पुगेर प्रहरीले खानतलास गरिरहेको छ। प्रहरीले दिनरात खोजतलास गर्ने जनाएको छ।

भदौ १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू