भव्य भयो विराटनगरमा राधाकृष्ण रथयात्रा

विराटनगर– विराटनगरमा सोमबार राधाकृष्ण रथयात्रा भव्य रुपमा निकालिएको छ। विराटनगर पोखरियास्थित श्री राधाकृष्ण मन्दिरबाट निकालिएको रथयात्रा नगरको परिक्रममा गर्दै पुनः मन्दिरमा पुगेको थियो।

यस क्रममा रथले ७ किलोमिटरको दुरी तय गरेको थियो। रथयात्राको शुभारम्भ प्रदेश नम्बर एकका मुख्यमन्त्री शेरधन राईले गरेका थिए। यस क्रममा उनले धार्मिक आस्थाको धरोहर रथयात्राले सबैलाई एकसुत्रमा बाधेको बताए। प्रदेश सरकारले रथयात्रालाई अझ राम्रो बनाउन लागि पर्ने बताए।

रथयात्रा आयोजक समितिले दक्षिण एशियाको दोश्रो ठूलो रथयात्रा दाबी गरिएको यस यात्रामा मोरङ जिल्ला र आसपासका जिल्ला र भारतीय श्रद्धालु भक्तजनहरुको ठूलोमात्रामा राधाकृष्ण रथयात्राको दर्शनको लागि घुइचो रहेको थियो।

२२ फिट लम्बाई र १४ फिट चौडाइको रथ तान्नका लागि भक्तजनहरुको घुइचो रहेको हो। यसक्रममा रथसंगै ७५ फिट लामो डोरी प्रयोग गरिएको थियो। राधाकृष्ण मन्दिर १९८८ सालमा इन्द्रलाल भट्द्धारा स्थापना गरिएको हो। सोही समयदेखि खटमा युगल जोडी राधाकृष्णलाई राखेर नगर घुमाइन्थ्यो।

यद्यपि, २०२५ सालबाट तत्कालिन ब्रिगेडियर जनरल भुपालमानसिंह कार्की र सत्यनारायण धनावतद्धारा रथ निर्माण गरि निरन्तर रथयात्रा हुदै आएको छ। रथयात्रा शुभारम्भका क्रममा मुख्यमन्त्री राईसंगै समाजिक विकासमन्त्री जीवन घिमिरे, उद्योग, वाणिज्य, कृषि, पर्यटनमन्त्री जगदिश कुशियत, प्रदेश नम्बर एक प्रहरी प्रमुख डीआइजी केदार रिजाल, महानगरपालिका प्रमुख भीम पराजुली, उद्योगी ब्यवसायीको उपस्थिती रहेको थियो।

भदौ १८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्