ग्राण्डी अस्पताललले ल्यायो ३ हजारमा विशेष स्वास्थ्य परिक्षण प्याकेज

काठमाडौँ – काठमाडौँको धापासीमा रहेको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले यस वर्षपनि हरितालिका तिजको अवसर पारेर विशेष स्वास्थ्य परिक्षण प्याकेज अफर अघि सारेको छ ।

नारीहरुलाई लक्षित गरी अघि सारिएको यस प्याकेज अन्तर्गत मात्र रु २९९९ ( दुई हजार नौ सय उनान्सय ) रुपैयाँमा स्त्री तथा प्रशुति कन्सल्टेशन, सुगर फास्टिङ, सिबिसि, क्रियाटिनीन, लिपिड प्रोफाइल, युरिन रुटिन, प्याप स्मेयर, पेट तथा पाठेघरको अल्ट्रासाउण्ड लगायतका जाँचहरु समावेश गरिएका अस्पतालले जनाएको छ ।

यो विशेष स्पास्थ्य परिक्षण प्याकेज अफर भाद्र महिनाको ३१ गतेसम्म जारी रहने छ । थप जानकारी तथा बुकिङका लागि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको कल सेन्टरको फोन नम्बर ०१ ५१५९२६६ मा सम्पर्क गर्न सकिने अस्पतालले जनाएको छ ।

भदौ १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्