करिश्मा मानन्धर भर्सन–टू

करिश्माका बेञ्च पार्टनरका कुरा

करिश्माका बेञ्च पार्टनर हुन् सुजन बास्कोटा । तस्बिर : झरना राई/देश सञ्चार

काठमाडौँ – करिश्माका बेञ्च पार्टनर हुन् सुजन बास्कोटा, फस्ट ब्वाई। उनी कोचिङ पढ्दै गर्दा थाहा पाएका थिए करिश्मा मानन्धर अब सँगै पढ्ने भनेर। उनी अचम्म परेका थिए, टेलिभिजनको स्क्रीनमा देखेको ग्ल्यामरस स्टार करिश्मा आफूसँगै पढ्ने भन्दा।

बास्कोटाले जब करिश्मा आफूसँग पढ्ने भन्ने थाहा पछि घरमा गएर सुनाइहालेँ, ‘मेरो जोइन्ड फ्यामिली हो, मैले हजुबुवालाई पहिला यो खबर सुनाएको थिए।’

विज्ञापन

उनी सम्झदैँ रमाउँदै थिए। ‘मैले घरमा भनेको सुरुमा कसैले पनि पत्याउनुभएन, स्कूलमा बिल तिर्न आउँदा देखेपछि मात्र हो भन्ने भयो।’ १५ वर्षका बास्कोटाले यो खबर साथीलाई पनि भनेका थिए, घरका मानिसले जस्तै साथीले पनि पत्याएनन्। पछि मिडियोको अन्तरवार्ता देखेपछि विश्वास नगर्ने कुरै भएन।

सुरु सुरुमा एकदमै अफ्ठेरो भयो रे, ‘उहाँ केटि साथीहरुसँगमात्र बोल्नुभयो।’ तर पछि सबै सामान्य भयो। करिश्मा उनीसँग फस्ट बेञ्चमा बस्छिन्। उनी पहिलो पटक परिक्षामा करिश्मासँग आमुने सामुने भएका थिए।

करिश्मा ठूलो उमेरको भएपनि, कलाकार भएपनि केही फरक हुँदैन भन्छन् बास्कोटा। ‘हामीसँग घुलमिलेर बस्नुहुन्छ’। उनले पहिलो पटकको कुराकानी सम्झदै भनेँ, ‘८ कक्षाको जिल्ला स्तरीय परिक्षाको तयारी गर्दा साइन्सको एउटा कोइसनको आन्सर्स के हुन्छ भनेर सोध्नुभएको थियो।’


देश सञ्‍चार प्रालिद्वारा संचालित देश सञ्‍चार डटकममा प्रकाशित कुनै पनि सामाग्री देश सञ्‍चार प्रालिको पूर्व जानकारी विना हुबहु एवं आंशिक रुपमा समेत कपी गरी प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर देश सञ्‍चार प्रालि नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सबैलाई सचेत हुन जानकारी गराइन्छ।

भदौ १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्