ट्रान्समिसन स्वीचको खराबीका कारण मोबाइल सेवामा देखिएको समस्या समाधान

काठमाडौँ – नेपाल टेलिकमको मोबाइल सेवामा मंगलबार बिहान ट्रान्समिसनको स्वीचमा खराबीका कारणले समस्या देखिएको नेपाल टेलिकमले जनाएको छ ।

बिहान ६ बजेपछि जिएसएम प्रिपेड तथा पोस्पेड मोबाइलमा फोन नलाग्ने समस्या देखिएको थियो । देशका सबै ठाउँमा नभइ केही ठाउँमा मात्रै समस्या देखिएको र आफूहरुले समाधान गरेको टेलिकमकी सहप्रवक्ता रिना डंगोलले जानकारी दिइन् ।

अहिले देशभरकै मोबाइल सेवामा कुनै समस्या नरहेको उनले बताएकी छन् ।

भदौ १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्