करिश्मा मानन्धर भर्सन–टू

करिश्मा मानन्धरको स्कूल युनिफर्मको कहानी

स्कुल यूनिफर्ममा अध्‍ययन गर्न जाँदै नायिका करिश्‍मा मानन्धर। तस्बिर-झरना राई/देश सञ्‍चार

काठमाडौँ– नायिका करिश्मा मानन्धरले कक्षा ७ देखि औपचारिक पढाई सुरु गरे पनि विद्यालय पोशाक लगाएकी थिइनन्। ‘हुन त विद्यालयले मलाई स्कूल युनिफर्म नै अनिवार्य गरेको छैन तर मलाई सबैजस्तो नै देखिन मन लाग्छ। मैले ९ कक्षादेखि स्कूल यूनिफर्म लगाएँ।’ उनी यसलाई नैतिक जिम्मेवारी सम्झिन्छिन्।

‘कलाकार हुँ, मैलै विभिन्न डिजाइनका कपडा लगाएर गएँ भने स्कूलको बालबालिकाको ध्यान खिचिन्छ जस्तो लाग्यो, त्यसैले युनिफर्म लगाएँ।’

उनी निलो र सेतो रंगको धर्के सर्ट अनि खरानी र फिक्का रंगको कालो पाइन्ट लगाउँछिन्। आइडिकार्ड पनि झुण्ड्याइएको छ। सेतो रंगको मोजा अनि कालो रंगको छालाको जुत्ता।

‘टाई चाहिँ मलाई लगाउन मन लाग्दैन। सारै बच्चा देखिन्छ जस्तो लाग्छ।’ उनको पोशाक शरीरमा फिट नहुने खालको छ। कम्मरमा अलि खुकुलो, सर्ट पनि अलि ठूलो।

‘मैले घटाइदेउ भनेको पनि राम्ररी घटाइदिएन। मलाई हेपेको हो कि जस्तो लाग्यो, मैले पनि म यस्तैमा राम्रो देखिन्छु भनेर लगाइदिएँ।’

उनी साताभरि नै विद्यालयको पोशाक लगाउँछिन् तर कहिलेकाहिँ अति आवश्यक कार्यक्रममा जानु परेको बेलामा बाहिरी पोशाक पनि लगाउँछिन्।

(देश सञ्‍चारकी सुजाता खत्री र झरना राईले करिश्माको एक दिनको पूरै दैनिकी नियालेका छन्। बेलुका ६ बजे करिश्माको पूरै दैनिकी समेटिएको भिडियोसहितको स्टोरी आउनेछ ।)

सबै तस्बिरहरु : झरना राई/देश सञ्‍चार

भदौ १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्