महोत्तरीमा एक महिलाको शव फेला

महोत्तरी-महोत्तरीको बर्दिवासमा एक महिलाको शव फेला परेको छ।

मंगलबार बर्दिवास नगरपालिका-८ मा रहेको लोप्चनटोलमा अन्दाजी ४५ बर्षिय महिलाको शव फेला परेको प्रहरीले जनाएको छ।

हरियो रंगको सारी, घाँटीमा हरियो रंगको थैली भिरेको महिलाको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

अहिले शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल जलेश्वरमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरिक्षक खगेन्द्र बहादुर खडकाले बताएका छन्।

भदौ १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्