नापीका कर्मचारी १५ हजार घुस रकम सहित पक्राउ

साङ्केतिक तस्बिर

जनकपुरधाम-धनुषाको नापी कार्यालयका एक कर्मचारी घुस रकम सहित पक्राउ परेका छन्। नापी कार्यालय धनुषाका कर्मचारी जय गोविन्द यादवलाई अख्तियारले १५ हजार घुस रकम सहित पक्राउ गरेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले उनलाई विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।

यादवले धनुषाको लक्ष्मिनीया गाउँपालिका वडा नम्बर ३ अगिलेशवाका लखिचन यादवका पत्नी सितला देवीसँग गाउँब्लकको जग्गा नापी हुँदा सच्चयाउनका लागि १५ हजार रुपैयाँ घुस मागेका थिए।

कित्ताकाट ट्रेस नक्शा तयार पार्ने प्रयोजनका लागि घुस मागेको यादवउपर अनुसन्धान शुरु गरिने आयोग बर्दिबासका प्रमुख पुरुषोत्तम ढकालले बताए ।

भदौ १९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्