देश सञ्चार बिहानीः के के हुँदैछ आज?

काठमाडौँ – नेपाल–चीन पारवहन यातायात सम्झौताको ‘प्राटोकल’ लाई अन्तिम रूप दिन दुवै देशका अधिकारीको तेस्रो बैठक बुधबारदेखि काठमाडौँमा बस्दैछ ।

दुई दिनसम्म चल्ने बैठकमा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अतिरिक्त परराष्ट्र, अर्थ, भौतिक पूर्वाधार तथा यातायात, कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्रालका साथै व्यापार प्रवर्द्धन केन्द्र र नेपाल इन्टरमोडेल ट्रान्सपोर्टेशन बोर्डका उच्च अधिकारी सहभागी हुने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

संवैधानिक परिषदको बैठक बुधबार बस्दैछ । ११ बजेपछि बस्ने बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा रिक्त रहेको प्रमुख आयुक्त पदमा सिफारिसका बारेमा छलफल हुनेछ ।

अख्तियार दुरुपयोगमा लामो समयदेखि प्रमुख आयुक्त पद खाली रहेको छ । अहिले नविन घिमिरेले कायममुकायम प्रमुख आयुक्तको रुपमा जिम्मेवारी सम्हाल्दै आएका छन् ।

यस्तै प्रतिनिधिसभाको बैठक बस्दैछ दिउँसो एक बजे । बैठकमा सांसदले देशको समसामयीक विषयामा बोल्ने छन् ।

अर्थ मन्त्रालयलमा नेपाल र स्वीस सरकारबिच सहयोग सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम रहेको छ ।

यसैगरी नेपालको अन्तर्राष्ट्रिय सीमा नियमन, खुला सिमानाः अवसर र चुनौति सम्बन्धमा विचार गोष्ठि हुँदैछ । गोष्ठि बिहान साढे ९ बजेपछि होटल हिमालयमा सुरु हुनेछ ।

भदौ २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्