पोखरीमा डुबेर २ बालकको मृत्यु

सांकेतिक तस्बिर

पर्सा – वीरगंजमा पोखरीमा डुबेर २ वालकको मृत्यु भएको छ । वीरगन्ज महानगरपालीका वडा नम्बर २४ रामगढवास्थित पोखरीमा डुबेर १२ वर्षीय सुदर्शन पटेल र १४ वर्षीय नितेश पटेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै जना रामगढवाको ज्योतिनगरस्थित पोखरीमा मङ्गलबार बेलुका साथीसँग नुहाउन गएका थिए । अबेर रातिसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा आज बिहान उनीहरुको शव पोखरीमा फेला परेको प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । दुवै बालकको शव परीक्षणका लागि वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल लगिएको छ ।

भदौ २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्