रोकिएन टिप्पर आतंक, धनुषामा दुईजनाको ज्यान लियो

जनकपुरधाम – धनुषामा टिप्परको ठक्करबाट दुईजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका–९ धारापानीमा बुधबार बिहान टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा त्यसमा सवार दुईजनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना १ प ६१८९ नम्बरको टिप्परले सोही दिशातर्फ गइरहेको स ५ प ९०४६ नम्बरको मोटरसाइकललाई ओभरटेक गर्ने क्रममा ठक्कर दिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

मृतकको पहिचान हुन सकेको छैन । शवलाई पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने टिप्पर र चालकलाई इलाका प्रहरी कार्यालय धारापनीले नियन्त्रणमा लिएको छ ।

धनुषामा टिप्पर आतंक नियन्त्रणका लागि टाइमकार्ड लागू गरिएको भएपनि उक्त टाइमकार्ड कार्यान्वयन हुन सकेको छैन ।

भदौ २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्