राफायल नाडाल पुगे सेमिफाइनलमा

साबिक विजेता राफायल नाडाल युएस ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । विश्व नम्बर एक नाडाल बुधबार बिहान भएको पाँच सेटको क्वाटरफाइनलमा डोमिनिक थिएमलाई हराउँदै अन्तिम चारमा पुगेका हुन् ।
स्पेनिस थिएमलाई हराउन नाडालले कोर्टमा चार घण्टा ४९ मिनेट बिताउनु परेको हो । यो वर्षका टेनिस खेल मध्ये यो अहिलेसम्मकै लामो अवधिको हो ।
न्युयोर्कमा भएको क्वाटरफाइनलमा नवौँ बरियताका अस्ट्रियन खेलाडी थिएमलाई ३२ वर्षका नाडालले ०–६, ६–४, ७–५, ६–७ (४–७), ७–६ (७–५) को सेटमा हराएका हुन् ।
१७ पटक ग्राण्ड सलाम उपाधि उचालेका नाडालले फाइनल प्रवेशका लागि तेस्रो बरियताका अर्जेन्टिनी खेलाडी आन मार्टिन डेल पोत्रोसँग शुक्रबार खेल्ने छन् ।