अब ‘द भ्वाइस अफ नेपाल’को प्रत्‍यक्ष प्रसारण हाम्रो पात्रोमा

काठमाडौं- चर्चित गायन रियालिटी शो को नेपाली भर्सन ‘द भ्वाइस अफ नेपाल’ अब हाम्रो पात्रो मार्फत हेर्न पाउने भएका छन्। बुधबार हाम्रो पात्रो र एएनसीका इभेन्ट म्‍यानेजमेन्टले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

एएनसीका इभेन्ट म्‍यानेजमेन्टका संयोजक प्रल्हाद सिंह महतले अब हाम्रो पात्रोको जीवनशैली एप मार्फत ‘द भ्वाइस अफ नेपाल’ पहिलो सिजनको एक्स्क्लुसिभ सामग्री, अडियो सामग्री, ताजा गतिविधिका हरेक अपडेटहरु तथा प्रत्यक्ष प्रसारण समेत हेर्न सकिने सकिने बताए।

उनले भने, ‘हामीले विश्वकै चर्चित गायन रियालिटी शो “द भ्वाइस” को नेपाली संस्करण (फ्रेञ्चाइज) द भ्वाइस अफ नेपाल अब नेपालको सबै भन्दा बढी डाउनलोड भएको जीवनशैली एप हाम्रो पात्रोसँग पहिलो सिजनको एकापसी सहकार्यका लागि सम्झौता गर्‍यौँ जस अन्तर्गत हाम्रो पात्रो अब द भ्वाइस अफ नेपालको आधिकारिक डिजिटल मेडिया पार्टनरको रुपमा हाम्रो पात्रो प्रयोगकर्ता तथा द भ्वाइस अफ नेपालको दर्शक श्रोतासम्म यो सिजनको हरेक एक्स्क्लुसिभ सामाग्री, अडियो सामाग्री, ताजा गतिविधिका हरेक अपडेटहरु तथा प्रत्यक्ष प्रसारण समेत हेर्न सकिने सकिने छ।’

यस्तै हाम्रो पात्रोका व्यवस्थापकीय निर्देशक सन्तोष देवकोटाले निरन्तर विश्वस्तरका मिडिया सामग्रीहरु हाम्रो लाखौं प्रयोगकर्तासम्म जोड्दै लैजानु उद्देश्‍य रहेको उल्लेख गर्दै संगीत यात्रामा हातमा हात र काँधमा काँध मिलाएर हिड्‍न पाउँदा खुसी लागेको बताए।

उनले भने, ‘द भ्वाइस अफ नेपालको यो ठूलो साङ्गीत यात्रामा हामीले सङ्गीतकर्ममा विश्वास राख्ने, आस्था राख्नेहरुका लागि सहयात्री बन्‍न पाउँदा खुसी लागेको छ।’

भदौ २०, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्