डेविड बेकह्यामको क्लबको नाम र लोगो सार्वजनिक

डेविड बेकह्यामको अमेरिकी मेजर लिग सकर क्लबको नाम तथा लोगो सार्वजनिक भएको छ । इंग्ल्याण्डका पूर्व खेलाडी बेकह्यामको एमएलएस क्लबको नाम, इन्टरनेशनल डी फुटबोल मायामी वा इन्टर मायामी सिएफ राखिएको छ ।

बेकह्यामको क्लब इन्टर मायामीले सन् २०२० मा एमएलएसमा डेब्यु गर्नेछ । क्लबको लोगो गुलाबी, कालो र सेतो रंगको छ । लोगोमा दुई बकुल्ला र सातवटा किरणसहितको सूर्य रहेको छ ।

बेकह्यामले लोगोमा आफ्नो देश इंग्ल्याण्डको झलक दिएका छन् । क्लबको नाम र लोगो सार्वजनिक गर्दै बेकह्यामले भने, यो दिन मेरो र समग्र क्लबका लागि गर्वको दिन हो ।’

म्यानचेस्टर युनाइटेड, रियल मड्रिड, पेरिस सेन्ट–जर्मेन, पिएसजी र एसी मिलानका पूर्व खेलाडी क्लबका मालिक तथा प्रशिक्षक हुन् ।

भदौ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्