ब्राउन सुगर र चरेससहित ६८ वर्षकी महिला पक्राउ

धनगढी – कैलालीको लम्की चुहा नगरपालिकामा लागु औषधसहित एक महिला पक्राउ परेकी छन् ।

१९ पोका ब्राउन सुगर र ५५ पोका चरेससहित लम्कीचुहा–१ की ६८ वर्षकी जलधारादेवी शाह बिहीबार बिहान पक्राउ परेकी हुन् ।

फलफुलको ठेलामा लुकाएर राखेको अवस्थामा प्रहरीले लागु औषधसहित उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेकी महिलालाई थप अनुसन्धानका लागि धनगढी ल्याइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक हरिबहादुर वलीले जानकारी दिए ।

भदौ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्