जनकपुरमा पेस्तोलसहित एक जना पक्राउ

जनकपुरधामा-जनकपुरमा हतियारसहित एकजना पक्राउ परेको छ। जनकपुर उपमहानगरपालिका १ स्थित एक पेस्तोल र २ म्याग्जिन सहित एकजनालाई प्रहरीले पक्रेको हो।

जनकपुरधामको वकिलटोल वडा नम्ब-१ बाट बुधबार राति करिब ९ बजे एकजना हतियारसहित पक्राउ परेको छ।

जनकपुरको वकिल टोलमा बस्दै आएका महोत्तरी निवासी र तर नाम न खुलाईउका उक्त व्यक्तिलाई विशेष सुराकीको आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

विदेश पठाउने एजेन्टको काम गरिरहेका उक्त व्यक्तिको सँग बाट एक थान पेस्तोल र २ टा म्याग्जिन बरामद भएको तथा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक दीपेन्द्र शाहीले जानकारी दिएका छन्।

भदौ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्