मधेश आन्दोलनमा खुट्टा गुमाएका झालाई प्रदेश सरकारको सहयोग

सप्तरी- प्रदेश २ सरकारले मधेस आन्दोलनका शहीदका परिवार तथा घाइतेलाई सहयोग गर्न सक्रियता देखाएको छ।

प्रदेश सरकारले मधेस आन्दोलनमा खुट्टा गुमाएका सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–३ स्थित भारदहका श्रवणकुमार झालाई ३ लाख रुपैयाँ उपलब्ध गराएको छ।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री शैलेन्द्रप्रसाद साहले झालाई उनको घरमै पुगेर सहयोग रकम प्रदान गरेका छ।२०७२ साल मंसिर ५ गते भएको आन्दोलनमा प्रहरीको गोली लागेका २५ वर्षीय झाको खुट्टा काट्नु परेको थियो।

भदौ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्