बाख्रा निकाल्‍न जाँदा बाघको आक्रमणबाट महिला घाइते

दाङ– गुल्मीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन । धुर्काेट गाँउपालिका वडा नम्बर ४ जैसिथोक, भुवान गैराखर्ख निवासि ३१ बर्षिय तारादेवी पोखरेल घाइते भएको स्थानिय कृष्ण अधिकारीले जानकारी दिए ।

बिहिवार बिहान ६ बजे खोरबाट बाख्रा बाहिर निकाल्ने क्रममा उनलाई झम्टेको थियो । बाघले पोखरेलको अनुहार र गर्धनमा चोट पुर्याएको छ । उनलाई बिहानै जिल्ला अस्पताल तम्घास ल्याई उपचार भइरहेको वडाध्यक्ष मान बहादुर कुँवरले बताए ।

खोरमा बसेको बाघको आक्रमणबाट २ वटा बाख्रा समेत मारेका छन् । पछिल्ला समयमा गाँउमा बाघको बिगबिगी बढ्दै गएकोले सबैलाई सजक रहन समेत अध्यक्ष कुँवरले आग्रह गरेका छन् ।

भदौ २१, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्