कैलाश यात्रामा राहुल गान्धी

नक्कली तस्बिर भनेपछि राहुल गान्धीले सार्वजनिक गरे मानसरोवरको भिडियो

काठमाडौँ – कैलाश मानसरोवर यात्रामा रहेका भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले मानसरोवरका दृष्यहरुको तस्बिर सामाजिक सञ्जालमा राखेपछि ति तस्बिरहरु नक्कली रहेको विषयले सामाजिक सञ्जाल तात्यो ।

राहुलका कतिपय विरोधीहरुले उक्त तस्बिर यसअघि नै सार्वजनिक भइसकेको र राहुलले पुराना तस्बिरहरु शेयर गरेर मुर्ख बनाउन खोजेको आरोप लगाएका थिए ।

तर यस्ता आरोपहरु निराधार रहेको देखाउन राहुलले शुक्रबार बिहान मानसरोवरबाट एउटा भिडियो शेयर गरेका छन् । उनले आफ्नो ट्वीटरमार्फत मानसरोवरका दृष्यहरु सहितको भिडियो सार्वजनिक गरेका हुन् । कैलाश यात्रा ह्यासट्यागमा राहुलले शेयर गरेको त्यो भिडियो १८ सेकेण्डको छ ।


यस्तै सार्वजनिक कार्यक्रममा आफूलाई शिवभक्त भन्ने गरेका भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धी, मानसरोवरमा घुम्दै गरेको तस्बिर पनि सार्वजनिक भएको छ । अहिलेसम्म राहुलले त्यहाँबाट पहाडका सुन्दर दृष्यहरुको तस्बिर मात्रै शेयर गरेका थिए ।

शुक्रबार बिहान सार्वजनिक भएको तस्बिरमा राहुल टोपी, चश्मा जीन्स पाईन्ट र ज्याकेट लगाएका देखिन्छन । राहुललको यो तस्बिर सामाजिक सञ्जालमा लेखक साध्वी खोसलाले राखेका हुन् । यस्तै उनले मानसरोवर घुमघाममा रहेका राहुलसहितको भिडियो पनि शेयर गरेकी छन् ।

भदौ २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्