म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागको कडा परिपत्र

काठमाडौँ– वैदेशिक रोजगार व्यवसायीलाई मर्यादित बनाउन विभिन्न कदम चाल्दा पनि नसुध्रिएको भन्दै वैदेशिक रोजगार विभागले ११ बुँदे परिपत्र जारी गरेको छ । परिपत्रमा म्यानपावर कम्पनीलाई व्यवस्थित गर्नेदेखि कामदार पठाउँदा ध्यानदिनु पर्ने विषय समेटिएको छ ।

अबदेखि कामदारको पासपोर्ट लिएपछि कति समय राख्ने हो त्यो पहिल्यै खुलाएर अभिलेख राख्नु पर्ने र पासपोर्ट बुझेको भरपाई गर्नु पर्ने छ । परिपत्र अनुसार कार्यालयमा रहँदा म्यानपावरका सञ्चालक तथा कर्मचारीले परिचयपत्र लगाउनु पर्ने र अनाधिकृत व्यक्तिलाई म्यानपावर कम्पनीमा बसाई कुनै लेनदेन गरेमा त्यसको जिम्मेवारी म्यानपावरले नै लिनु पर्ने छ ।

श्रम मात्रै गरिदिएको बाँकी आफैं जवाफदेहि हुनु पर्ने जस्ता सम्झौता गराई पठाउने कार्य तत्काल बन्द गर्न पनि विभागको पत्रमा भनिएको छ ।

म्यानपावरले आश्यक फर्किचर सहित व्यवस्थित स्वागत कक्ष बनाउनु पर्ने, कामदारको अभिलेख व्यवस्थित बनाउनु पर्ने र खोज्ना साथ उपलब्ध हुनेगरीराख्नु पर्ने, भिजिङ कार्ड बनाउनु पर्ने र क कसको नाममा बनाएको हो विभागलाई जानकारी गराउनु पर्ने छ ।

कर्मचारीलाई शिष्टता सम्बन्धि तालिम दिनु पर्ने, सबै म्यानपावर कम्पनीले अनिवार्य रुपमा कम्पनीको वेभसाइट बनाउनु पर्ने र आफ्ना गतिविधि नियमित रुपमा वेवसाइडमा राख्न विभागले भनेको छ ।

वैदेशिक रोजगारी सम्बन्धि ऐन, नियम, निर्देशिकाहरु कम्पनीमा राख्नु पर्ने र नागरिक वडापत्र, सुचनापाटी, उजुरी पेटिका सबैले देख्ने ठाउँमा राख्न पनि विभागका महानिर्देशक दिलिपकुमार चापागाईले परिपत्र गरेका छन् ।

भदौ २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू