पाँचौँ टेस्टमा भारतीय बलरको उत्कृष्ट प्रदर्शन

ओभलमा सुरु भएको पाँचौँ तथा अन्तिम टेस्ट क्रिकेटको पहिलो दिन इंग्ल्याण्डमाथि भारतीय बलको प्रभाव देखिएको छ ।

शृङ्खला गुमइसकेको भए पनि भ्रमण टोली भारतले पाँचौँ टेस्टको पहिलो दिन शुक्रबार राम्रो प्रदर्शन गरेको छ । ओभलमा पहिलो पारीमा पहिलो दिनको ब्याटिङ्ग गरेको इंग्ल्याण्डले दिनको खेल सकिँदा सात विकेटको क्षतिमा १९८ रन बनाएको छ । भारतका इशान्त शर्माले २८ रन खर्चेर तीन विकेट लिएका छन् ।

इंग्ल्याण्डका एलिस्टर कुकले आफ्नो अन्तिम टेस्टको पहिलो पारीमा ७१ रन बनाए पनि इंग्ल्याण्डका अरु ब्याट्सम्यानमा भारतीय बलर हाबी भएको देखिएको छ । इंग्ल्याण्डका कुकले यो खेलपछि सन्यास लिने घोषणा गरिसकेका छन् ।

इंग्ल्याण्डका लागि मोइन अलीले ५० तथा किटन जेनिसले २३ रनको योगदान दिएका छन् । भारतका जसप्रीत बुमराह र रवीन्द्र जडेजाले दुई दुई विकेट लिएका छन् । पाँच टेस्टको शृङ्खला इंग्ल्याण्डले ३–१ ले आफ्नो पक्षमा पारिसकेको छ ।

भदौ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्