वातावरण र जनजीवन

काठमाडौँको धुलोमाण्डू कथा–व्यथा!

फाइल तस्बिर।

३००० वर्ष पुरानो ऐतिहासिकता र पौराणिकता बोकेको गर्विलो धर्तीको एक टुक्रा नेपा ऊपत्यका ( काठमाडौँ ऊपत्यका) आज सबैभन्दा प्रदुषित र अस्वस्थ शहरहरुको रुपमा स्थापित भईरहेको छ। यसले गर्दा शहरबासीहरुलाई जति लज्जाबोध र हिनताबोधले छोपेको छ त्यो भन्दा धेरै गुणा पीडाबोधले गाँजेको छ।

किनकी विश्व स्वास्थ संघको टोकेको भन्दा मापडण्डको ५ देखि ८ गुणासम्मको प्रदुषित वायुमा २४ घण्टा नै श्वास फेरेर जिऊन बाध्य छन् । आफ्ना स-साना नानीहरुमा यसको भयंकर असरहरुले पारेको हानीहरु देखेर ,भोगेर पनि यस विकाराल प्रदुषणप्रति निरिह र लाचार देखिएका छन् सर्वसाधारणहरु।

गत वर्ष मात्र अमेरीकी याले विश्वविद्यालय र कोलम्बिया विश्वविद्यालय वर्ल्ड ईकोनोमिक फोरमसँग मिलेर निकालेको ग्लोबल ईन्भाईरोमेन्टल पर्फमेन्स ईन्डेक्स ( ई पी आई ) मा निकालेको नतिजा अनुसार नेपालको प्रदुषण विश्वका अन्य १८० देशहरु मध्ये सबैभन्दा खराब पाँच देशहरु सँगै रहेको देखाएको छ।

नेपाल ३१.४४ स्कोरसहित १७६ स्थान रहेको छ भने ३०.५७ स्कोरसहित भारत १७७ औँ स्थानमा रहेको छ। त्यस्तै १७८औँ स्थानमा कंगो ३०.४१ , १७९ औँ बंगलादेश २९.५६ स्कोर र १८० औँ स्थानमा २७.४३ स्कोरसहित रहेको छ। त्यस्तै टप गुणस्तरीय वायु रहेको पाँच देशहरुमा स्वीट्जरल्याण्ड (८७.४२ स्कोर), फ्रान्स (८३.९५ ) , डेनमार्क ( ८१.६१ ), माल्टा ( ८०.९० ) र स्वीडेन ( ८०.५१ ) रहेका छन्। वायु प्रदुषणको हालतमा त नेपाल १८० औँ मा नै झरेको छ।

रत्न राम श्रेष्ठ

यसअघि अमेरिकाको याले विश्वविद्यालयले सार्वजानिक गरेको वायु प्रदुषण संबन्धी सूचि ईन्भाईरोमेन्टल पर्फमेन्स ईन्डेक्स २०१६ नामक तालिकाको १७८ मध्ये १७७ औँ सूचि मा नेपाल परेको थियो र त्यसपछि बंगलादेश ।

सर्वियाको अनुसन्धानमुलक वेब साईट नुम्बियो डट कम अनुसार २०१५ को सुरु तिरै काठमाडाैँ उपत्यका विश्वका पाचौ प्रदुषित शहरुहरु मध्ये तेश्रोमा परेको थियो।

ऊपत्यकामा जनसंख्यामा सरकारी आँकडा अनुसार ४० लाख देखाए पनि यहाँ ७० लाखको हाराहारीमा जनसंख्याको बाक्लो आबादी रहेको अनुमान गर्न सकिन्छ। किनकी देशको हरेक जिल्ला, शहर , गाऊँका हरेक जसो  घर-घरबाट युवाहरु कि त खाडी ,मलेसिया लगायतका विदेशमा गएका देखिन्छ भने कि त काठमाडाैँ विभिन्न पेशा गरेर बसेका देखिन्छ ।

नेपा: ऊपत्यकामा जनसंख्या जुन दरले बढिरहेको छ यो विश्व कै शहरी जनसंख्याको अत्याधिक बृद्दीदरहरु  मध्ये एक हो। जनसंख्या बृद्दीको ४.५% छ भने तीन गुणामा १४.५% को दरले यहाँ सवारी साधनहरु पनि बृद्दी भइरहेको छ। जुन ऊपत्यकाको अस्तित्वको लागि ठूलो चुनौति बनेको छ। हाल लगभग ११ लाख सवारी साधनहरु जसमा ९ लाखको हाराहारि त दुई पाँग्रे मोटर साईकलहरु रहेको छ । हरेक महिना १० हजार सवारी साधनहरु यसरी नै यहाँ ऊपत्यकामा थपिँदै छन् ।

एक अध्ययन (२००६ गौतम )   अनुसार ऊपत्यकाको वायु प्रदुषणमा

सवारी साधनबाट निस्कने धुवाँ — ३८%

सडकको धुलो — २५%

कृषिजन्य सामग्रीबाट — १८%

ईटाभट्टा —  ११%

ऊधोग– ३%

घरेलु प्रदुषण — ३%

फोहोर बाल्दा निस्कने ग्यास—१%

अन्य –१%

वायुप्रदुषणमा ईटाभट्टाहरुको भूमिका

ईटा व्यवसायी संघका अनुसार भक्तपुरमा ६४, ललितपुरमा ३० र काठमाडाैँमा १८ ईटाभट्टा गरी हाल ऊपत्यकामा ११२ ईटाभट्टा छन् । नेपालभरि एक हजारभन्दा बढी ईटाभट्टाहरु सञ्चालनमा छन्।

ऊपत्यकाको वायु प्रदुषणमा ईटाभट्टाको मुख्य भूमिकाका कारण केही वर्षअघि नै नेपाल सरकारको औधोगिक प्रवर्दन बोर्ड ले ऊपत्यकामा थप नया ईटाभट्टा खोल्न रोक लगाएको छ भने घरेलु तथा साना ऊधोग विभागले बस्ती तथा जंगलको एक किलोमिटरभित्र ईटाभट्टा सञ्चालन गर्न नपाऊने मापदण्ड तोकेको थियो। साथै ईटाभट्टाको वरिपरिका सडक र हरायली बनाऊने मापदण्ड पनि थप गरेको छ। त्यस्तै पुरानो प्रविधी हटाएर धुवाँ कम निकाल्ने नयाँ प्रविधी राख्न पनि सुझाव दिइएको छ।

तर सबै ईटाभट्टाहरुमा यो सुधार गरिएको छैन।  ऊपत्यका भित्र मध्ये चन्द्रागिरी नगरपालिका र किर्तीपुर नगरपालिका बीचको झुलपोखरीमा थुप्रै ईटाभट्टाहरु बस्ती कै बिचमा या वरपर सँचालित छन। चन्द्रागिरी नगरपालीकामा रहेको १७ वटा ईटाभट्टा रहेको मध्ये हाल सञ्चालीत रहेको १२/१३ वटा ईटाभट्टाहरु छन् । जसमा प्रायले मापदण्ड पुरा गरेको छैन। यहाँ ती ईटाभट्टाहरुलाई अन्त सार्न दिइएको म्याद सकिन लागेको छ। ऊक्त क्षेत्रको ईटाभट्टाहरुबाट निस्केको धुवाँले गर्दा बढाएको वायु प्रदुषणको कारण बलम्बुका  ६० -७० स्थानीयहरु बिरोध गर्दै गत वर्ष हस्ताक्षर गरेर ईटाभट्टाहरु त्यस स्थानबाट हटाऊन मागहरु राख्दै चन्द्रागिरी  नगरपालिका पेश गरिसकेका थिए ।

बुझ्नु पर्ने कुराके हो भने ऊपत्यकामा  पश्चिमी स्वच्छ हावा भित्रीने मुहान को रुपमा चिनीने नागढुंगा र बालाजु क्षेत्रबाट हावा निस्कँदा मुहानकै वायु क्षेत्रमा पर्ने ती १२ वटा ईटाभट्टाहरुबाट निस्कने धुवाँ ती वायुले ऊडाऊदै उपत्यकामा छिराऊछ । जुन भौगोलिक रुपमा बटुको आकारको ऊपत्यकाको माथिल्लो आकाशमा तैरिरहन्छ। जसले यहाँको वायुमणडललाई हानिकारक बनाई रहेको हुन्छ।

वायुप्रदुषणमा पेट्रोल,डिजेलजन्य पदार्थबाट चल्ने सवारी साधनहरुको भूमिका

त्यसपछि कुरा गरौ वायु प्रदुषणको हदैसम्म दोषी रहेको सवारी साधनहरुले निकाल्ने बिषाक्त धुवाँहरु जसको भूमिका ३८% छ भने ती सवारी साधनहरु सडकमा दगुर्दा ऊदाऊने सडकको धुलो र बालुवाको २५% भूमिका छ । दुवैको योग ६३% हुन आऊँछ । अर्थात  लाखौँ सवारी साधनहरु सडकमा आम रुपमा चल्दा तिनीहरुले निकाल्ने कार्बन डाईअक्साईड, कार्बन मोनो अक्साईड, हेभी मेटलहरु, लिड, पारो, NOx ,NMVOCs र  यिनीहरुले ऊडाऊने सडकको धुलो गरेर ६३% जिम्मेवार रहन्छ वायु प्रदुषण गर्न।

यो अध्ययन १२ वर्षअघि सन्२००६ गरिएको हो। जुन बेला सम्ममा बाग्मती अञ्चलमा दर्ता गरीएका २०४६ साल अघिका सवारी साधनहरुको दर्ताहरुसहित २००६ मा कुल गरी २,९२,६९७ सवारी साधनहरु दर्ता गरिएको थिए। जसमा २,१२,९४२ संख्या मोटरसाईकलहरु थिए।

जसमध्ये केही मात्रामा पुराना भइसकेका सवारी साधनहरु थन्किसकेको हुनुपर्छ भने त्यसको केही मात्रा ऊपत्यकाका बाहिर चलेको थियो । अत: अनुमानत: बुझौ लगभग २लाख सवारी साधनहरु ऊपत्यकामा (त्यसमध्ये ७५% दुई पाँग्रे मोटर साईकल) चलेका हुनु पर्दछ।

१२ वर्ष अघि नै लगभग २ लाख हाराहारीका सवारी साधनहरु ऊपत्यकाको वायु प्रदुषणको ६३% जिम्मेबार थिए भने १२ वर्ष पछि हाल ऊपत्यकामा चल्ने लगभग ११ लाख सवारी साधनहरु जस मध्ये लगभग ९ लाख मोटरसाईकलहरुले हालको विकराल वायु प्रदुषण गराऊन कति प्रमुख जिम्मेवार छन् होला अनुमान लगाऊन सक्छौ। सर्वसाधारण सबैले भोगीरहेको दैनिक ब्यथाहरुले नै यसको विकरालता बुझाईरहेको छ।

वायु प्रदुषणका भयानक असरहरु र मानव स्वास्थ

क्लिन एयर नेटवर्क र यु एन हाबिटाटले निकालेको रिपोर्ट२०११ मा राखिएको डाटा अनुसार S E I ले २००९मा गरेको अध्ययनअनुसार  विश्व स्वास्थ सँघको टोकिएको मापडण्ड भन्दा PM 10 धुलो कणहरु ८-१० गुणासम्म र आँखाले देख्न नसकिने PM 2.5 धुलोका सुक्ष्म कणहरु ५-८ गुणामा सम्म बढी ऊपत्यकाको वायुमा देखिएको थियो। भने  हाल ११ लाख सवारी साधनहरुले निकालेको प्रदुषण, मेलम्ची खानेपानीले खनेको सडक बाटाहरुको कारण र बिभीन्न स्थानहरुमा भईरहेको सडक बिस्तारले निम्ताएको वायुप्रदुषणमा कति गुणा  बढेका होलान् ?

सामान्य मानविय जनजीबनलाई २० माईक्रोग्राम प्रति क्युबिक मिटर सम्मले केही असर नगरने हुँदा  विश्व स्वास्थ संघले यसैलाई स्टाण्डर्ड मापडण्ड टोकेको छ भने ऊपत्यकामा गएको जाडोका महिनाहरुमा १४२ माईक्रोग्राम प्रति क्युबिक मिटरसम्म पुगेको थियो।

यो डाटा रेकर्ड वातावरण मन्त्रालय, ईसिमोड या अन्य संस्थाहरुले वायु प्रदुषण मापन राखेको विभिन्न स्टेसन ठाऊहरुमा देखाएको रेकर्डहरुको प्रस्तुती होला तर यहाँ यस्ता कयौ स्थानहरु छन् जहाँको वायु प्रदुषण सोचेको भन्दा र माथि देखाएको रेकर्ड भन्दा २०० गुणा धेरै हुनसक्छ।

जस्तै यस्ता धेरै खाल्डा खुल्डी, बिस्तार गरिँदैको, भत्किएको तर यातायात को अत्याधिक चाप भएको सडकहरुका छेऊछाऊहरुका कति मात्रामा ती धुवाँ धुलो ऊडेका होलान् ? त्यसकाे रेकर्ड नलिए पनि शास फेर्न नसकेर आँखा मात्र खोलेर पुरै टाऊको छोपेर हिड्ने बटुवाहरु देखिने , मास्क नलगाई हिड्नै नसकिने बाटाहरु ऊपत्यकाका जनजीवनका घनिभुत ब्यथा हुन् ।

अझै ति सडक बाटाका छेऊछाऊका बासिन्दाहरु, पसल थापेर बसेका ब्यापारीहरुको हालत त झनै अत्यन्त पिडादायी छ। गोँगबु गणेशथान नजिकै सडकको छेऊमा रहेको यो लेखकको आफ्नै बृद्द आमाबुबाले चलाऊनु भएको भाँडा पसल छ। जहाँ माईक्रोबस, पानी ट्यान्की , मोटरसाईकललगायत गुड्ने हजारौँ  अन्य सवारी साधनहरुले ऊडाएको धुलो पुरै पसलभित्र यसरी छिर्छ की हरेक नयाँ सामानहरु पुराना झै देखिन्छ भने ती बृद्द बृद्दा आमाबुबाहरुको ६८ वर्षे फोक्सोहरुमा कति असर पुर्याइसकेको होला मेरो मन नै झरङ्ग हुन्छ् ।

चिनीरोग र रक्चापका पुराना रोगी मेरी आमालाई बरोबर आँखाहरु चिलाऊने र रूघाखोकीले बरोबर सताई रहेका हुन्छन्। यस्तै हालत जोरपाटी, बौद्द, चाबहिल, कलंकी, कोटेश्वर, थानकोट, सातदोबाटो, गोङ्गबु, बसपार्क,बालाजु, लगायत सयौँ यस्ता स्थानहरुमा हावामा धुलोहरु यसरी ऊड्दी रहेका छन् कि  मरभुमीमा कहिले काँही ऊड्ने बालुवाको आँधी ( साण्ड स्टोर्म) झै लाग्दछ । जुन वायु प्रदुषणको आँधीका हामी दैनिक आदी अर्थात आदत भईसकेका छौँ।

धुलोहरुमा PM 2.5 यती सुक्ष्म कणहरु हुन की हामीले लिने स्वासबाट रक्त नलीहरु हुँदै हाम्रो फोक्सो , मुटुमा अड्किएर बस्न सक्दछ। जसले गर्दा घातक असर पुग्न सक्दछ। हाल युवाहरुमा बढ्दो  हर्ट एट्याकहरु हाम्रो खाना र तनावपुर्ण जीवनशैलीसँगै वायु प्रदुषण प्रमुख रुपमा जिम्मेवार छ। तेस्तै युवा, बालबालिकाहरुमा पनि क्यान्सरको तिब्र बृद्दीमा वायु प्रदुषण पनि भूमिका देखिएको छ।

वातावरण मन्त्रालयले सन् २००५ मा गरेको अध्ययन अनुसार वायु प्रदुषणका कारण १६,००० नेपालीहरुको अकाल मृत्यु भएको थियो। १३ वर्षपछि हाल २०१८ मा कति हजार नेपालीहरुले अकालमा ज्यान गुमाए होलान्? वातावरण मन्त्रालयले नयाँ अध्ययनहरु गर्न किन अल्छ्याई गरिरहेका छन् ? जबकी वातावरण मन्त्रालयमा सचिव, सहसचिव ,हाकिम  भएको केही महिना भित्रै वातावारणका नाममा विभिन्न कार्यगोष्ठिहरुमा जान्दै १०/१५ देशविदेशहरुमा भ्रमण गर्ने मौका छुटाऊँदैनन्।

क्लिन ईनर्जी नेपाल र क्लिन एयर नेटवर्क नेपालले १५ वर्ष अघि सन् २००३मा गरेको अध्ययन अनुसार ऊपत्यकाका सडकका धुलाहरुको कमी गरेको खण्डमा PM 10 कणहरुको लेभल विश्व स्वास्थ संघको मापदण्डमा पुर्याउन सकेमा हाम्रा १,३५,४७५ बालबालिकाहरुमा एक्युट ब्रोन्काईटिस , ५ लाखजनालाई दम , ४,३०४ क्रोनिक  ब्रोन्काईटिसका हुने थिएन।

अहिले वर्षा मौसममा सडक हिलो हुने र घाम लागे सँगै बाक्लो धुलो ऊड्ने समस्याले जन्माएको सकस काठमाडाैँबासीहरुको फोक्सो श्वासप्रश्वासको त समस्याहरु जन्माएको थुप्रै भईसकेको छ तर त्यस सँगै जन्माएको मानसिक रोग र तनाव, बितृष्णाको कुनै हिसाबकिताब छैन। सडकमा थु्प्रिएको फोहोरहरु, जमेका धुलोहरुले एक पटक हैन, ती बाटोमा  हजारौ गाडी, मोटरसाईकलहरु कुद्डा सडकमा थुप्रिने धुलो ऊडाऊँदै जान्छ, जुन फेरी थेग्रिएर तेही बाटा र वरिपरिका घरपसलहरुमा थुप्रिन्छन्।

अरु गाडीहरुले ती बाटोमा थुप्रिएको धुलो पुन: ऊडाऊछ जुन ऊडेर पुन: त्यही बाटासडक र वरिपरि थेग्रिन्छ। यसरी निरन्तरको चक्रिय रुपमा धुलो ऊडदै पुन त्यही स्थान थुप्रिने गर्दा वरिपरिका जनता, बटुवाहरुको स्वास्थमा भएको हानिको जिम्मेवार र ऊत्तरदायी सरकार र स्थानीय सरकारको चाला भने ऊही छ, बाऊ आमाको कुनै पिर र मर्का नबुझने अल्छि छोरो झैँ।

“हेल्थ ईफेक्टस” नामक  स्वास्थ अनुसन्धान गर्ने अमेरीकी सँस्था र मानविय स्वास्थ निदानमा लागेको अर्को संस्था “ ईन्स्टि्युट अफ हेल्थ मेट्रिक्स एन्ड ईभाल्युसन” ले मानविय स्वास्थमा वायु प्रदुषणले पारेको समस्याहरु र प्रभावित मानिसहरुको संख्याहरुको “ स्टेट ग्लोबल एयर रिपोर्ट २०१७” नामक सार्वाजानिक गरिएको प्रतिवेदन अनुसार वायु प्रदुषणका कारण १९९०मा ३५ लाख मानिसहरुले अकालमा ज्यान गुमाए भने २०१५ सम्ममा आऊँदा करिब ४२ लाख मानिसहरुले । विश्वकै एक तिहाई जनसँख्या भएको चीन र भारतमा मात्र त्यस वर्ष ११ लाख मानिसहरुको मृत्यु वायु प्रदुषणबाट भएको देखाएको छ।

आर्थिक विकास तथा सहयोगका लागि संगठन ओईसीडी का सदस्य राष्ट्रहरुले गरेको अध्ययन प्रक्षेपण अनुसार सन् २०६० सम्ममा  त्यस वर्षामा मात्रै ९० लाख भन्दा बढी मानिसहरुले वायु प्रदुषणका कारण ज्यान गुमाऊने छन्। यसले निम्ताऊने आर्थिक संकटले  विश्वको कुल ग्राहस्थ ऊत्पादनमा १% भन्दा बढी हुनेछ। सन् २०६० सम्ममा वायु प्रदुषणले हुने रोगको ऊपचारमा करिब २२ खर्ब डलर खर्च हुने बताईएको छ भने वायु प्रदुषणले गर्दा हुने मृत्यु न्युनिकरण गर्न वा वायु प्रदुषण संबन्धी कल्याणकारी काममा करीब २५ ट्रिलियन डलर ( २५ अर्ब डलर) खर्च हुने ओईसिडीको चेतावनी दिएको छ।

नेपाल सरकारले सन् २००५मा गरेको अध्ययन अनुसार वायु प्रदुषणबाट हरेक वर्ष १६००० नेपालीहरुको अकाल मृत्यु हुने गरेको थियो। वायु प्रदुषनका कारण स्वास्थ ऊपचारमा वार्षिक २ करोड१० लाख डलर खर्च नेपालमा  हुन्थ्यो  , जुन देशको जि डी पी को ०.२९% बराबर भएको अध्ययन विश्व बैंकले २००८ मा निकालेको थियो।

नेपालको सन्दर्भमा यस १०/१२ बर्ष पुरानो अध्ययनहरुलाई नयाँ अध्ययनहरुमा अपडेट हुन नेपाल सरकार र सरोकार वाला संघसंस्थाहरुबाट हुन अत्यावशयक छ। यसको लागी सरकार र निती निर्माताहरु कतिको चासो र चिन्तित छन् त? ग्लोबल रुपमै वायु प्रदुषणको यो विकराल समस्यामा नेपाल कहाँ छ? यसको  शहरी यातायातको बिकराल समस्याहरुमा साईकल को के भूमिका हुन सक्छ ? यसको अत्यावश्यक अध्ययन गर्न सरकार किन ऊत्सुक छैन?

डिसेम्बर ५, २०१७ मा दि गार्जियनमा आएको लेख अनुसार ब्रिटीस वैज्ञानिकहरुले गरेको गहन अध्ययन अनुसार  वायु प्रदुषणले गर्भमा रहेका बच्चाको भ्रुण अवस्थाका बिकासमा हानि पुग्दा  कम तौलका बच्चाहरुको जन्म भईरहेको छ। जसले गर्दा जन्म लिएका नव शिशुहरुको मृत्यु पनि भइरहेको छ भने बाँचेकाहरुको पनि शारीरिक विकासमा बाधा पुगेको देखाएको छ।

विश्वका ९०% शिशुहरु , केटाकेटीहरु , लगभग २ बिलियन केटाकेटीहरु विश्व स्वास्थ सँघले तोकेको गाईडलाईन भन्दा बढीको वायु प्रदूषणले पिडित छन्। युनिसेफले निकालेको २९ नोभेम्बर २०१७मा निकालेको  एक अध्ययनमा १करोड ७० लाख बच्चाहरुले विश्व स्वास्थ संघको टोकेको भन्दा ६ गुणा बिषाक्त वायुमा शास फेर्न बाध्य छन्।

युनिसेफको कार्यकारी निर्देशक ऐन्थोनी लेकले भनेका छन् “ यी वायु प्रदुषणले बच्चाहरुको  बिकसित भइरहेको फोक्सोलाई मात्र क्षति पुर्याएको मात्र हैन की यसले ती बच्चाहरुका विकसित हुनु पर्ने मस्तिष्कलाई पनि स्थाई रुपमै क्षति पुर्याऊन सक्दछ, यसरी ऊसको भविष्यलाई नै पनि । अत: वायु प्रदुषणलाई बेवास्ता गर्ने  जोखिम  मोल्न हाम्रो समाज कसरी सक्दछ ?

“ किनकी यो हाम्रो बच्चाहरुको जीवन र भविष्यको सवाल हो । अध्ययन टिमले  गर्भिणी आमाहरु, नवजात शिशुहरु, र बालबालिकाहरुलाई वायु प्रदुषणबाट टाढै राख्न सुझाव दिईएको छ भने सरकारहरुलाई शहरी वायु प्रदुषणको प्रमुख दोषी सवारी साधनहरु लगायत अन्य श्रोतहरुलाई तुरन्त कम गर्दै न्युन गर्न ध्यान तानेको छ। यसै प्रसँगमा बिधुतबाट चल्ने , सोलारबाट चल्ने सवारी साधनहरुको बिकास र प्रबर्धन सँगै शहरी जीवनमा सजिलो, भरपर्दो, सहज, कम खर्च र सबैको पँहुचको साईकललाई यातायातको प्रमुख विकल्पको रुपमा ऊठाईएको छ।

नेपाल सरकार ,सरोकारवाला निकायहरु र माफियाहरु

यसै वायु प्रदुषणलाई संबोधन गर्न स‌बन्धित मन्त्रालय र निकायहरु संवेदनशील नभईको या असफल भएको अयवस्थाहरुमा बिगतका प्रधानमन्त्री कार्यालयले आफै संबन्धित निकायहरुलाई बोलाएर निर्देशन दिए पनि कुनै खासै काम भएको थिएन , न त कुनै परिवर्तन, न सुधार। केवल झाडा तार्न मात्र त बैठक भैरहेको थियो, भईरहेको छ। हाल सरकारको कार्यशैली  निस्क्रियता, संवेदनशीलता शुन्य र निराशाजनक नै छ।

सरकारी मन्त्रालयहरु, संबन्धित निकायहरु यातायात बिभाग, सडक विभाग, ढल विभाग, विधुत प्राधिकरण, नेपाल टेलिकम ,ऊपत्यका शहरी विकास प्राधिकरण, मेलम्ची खानेपानि , काठमाडाैँ ऊपत्यका खानेपानी लिमिटेड कम्पनी, वातावरण मन्त्रालय, काठमाडाैँ महानगरपालिका लगायत अन्य थप गरी १० नगरपालिकाहरु बिचको समन्वयको यती अभाव छ कि मानौ  तिनीहरु आ-आफ्नो टापुमा रमाईरहेको एक्ला एक्ला बासीहरु हुन्। असारे विकास, २/3 महिना हुने नपाऊँदै फेरि अन्य निकायले सडक खनि हाल्नु , नयाँ पीच ६ महिना पनि नटिक्नु, नयाँ बनेका सडक भासिनु साथै ठेकेदारले समयमा काम नसक्नु या बिचैमा भाग्नु यतिका बिकृत बिसँगतको बिकास नै नेपालको सडक लगायत अन्य भौतिक पुर्वाधारहरुको बिकासका स्थापित सत्य बनिसकेका छन्। वर्षाको बिचमा सडक , ढल खन्नु र पुर्नु अनि पीच गर्नु जुन हदै भए अर्को बर्खासम्म टिक्ला?

यिनै सडकका खाल्डाहरुमा आफ्ना माना पकाऊने माफियाहरुमा भ्रष्टचारी र कहिले नसुध्रिने कर्मचारी तन्त्र, ठेकेदारहरु, गुन्डाहरुदेखि तिनीहरुलाई दर्हो संरक्षण दिने राजनीतिक नेतृत्वहरु र तिनका हनुमानहरु जोडिएका हुन्छन्। तर हाल आएर गृह मन्त्री रामबहादुर थापाले समयमा काम नसक्ने ठेकेदारलाई समातेर कार्वाही गर्ने जुन आँट गरेका छन्, यसले पनि धेरै सकारात्मक ऊर्जा र आशाहरु जागेका थिए। तर सडक विभागले ती समयमा काम नसक्ने ठेकेदार कम्पनीहरुलाई कालो सूचिमा राखेर पनि केही कार्बाही होला भन्ने जनताले विश्वास गरी नै हाल्नु पर्ने अवस्था नभएको बुझिन्छ।

गत वर्षको सार्कको कथा फेरी यो पाला बिमस्टेक सम्मेल हुने क्रममा पुन: दोहोरियो । ४/ ५ वर्ष देखिको चाबहिल, बौद्द , जोरपाटी जस्तै अन्य ठाऊको सडकको सास्ती र पिडालाई बर्षाको पानीमा धोएर ;  पानी नसुक्दै सडकहरु पीच बनाऊने , रंगरोगन गराऊने , खाल्डा पुर्ने सरकारको रातारातको कर्म देख्दा हाँस्यास्पद जति देखिन्छ त्यो भन्दा धेरै गुणा बढी आफ्ना करदाता, जनताहरुलाई हेपिइएको अनुभुति हुन्छ नै।

विगत ५ वर्षदेखिको यी सडकको दुर्दशा र सर्बसाधारणहरुको सास्तीलाई नदेख्ने सरकार र कर्मचारीतन्त्रले बिमेस्टिक सम्मेलनमा भने बिदेशीको अगाडि लाज छोप्न रातारात युद्दस्तर शैलीमा सडक पीच बनाऊनु, खाल्डाखुल्डी पुर्नु, रंगरोगन गर्नु, फोहोर हटाऊनु, झोल्लिएको तारहरु मिलाऊनु, तिनकुनेको खाली जग्गालाई  रंगिन फोटो डिजाईनहरु भएको फ्लेक्स वालले छोप्नु ।

यो कस्तो निर्लज्जता ?? सरकारलाई आवाजहरुको ओईरो आएको छ की सडक बनाऊने कर सरकारलाई कसले तिर्छ? करदाता जनताले की ती विदेशी मुलुकहरुका नेताहरुले ??

सरकारमा जो आएपनि, दुई तिहाई मात्र नभएर तीन तिहाई बहुमत जनताले दिए पनि यस्तै सोच र चरित्र भए जनताले केही आशा गर्नु बेकार भएको छ। धुलो ऊडी रहन्छ , सडक खाल्डा बन्दै गर्छ , जनताले दुख पाईरहन्छ , सरकारमा बस्नेहरु निदाई रहनेछन् , समय भागिरहनेछ । लज्जाबोध गर प्रभु !

नेपा ऊपत्यकामा सडक बिस्तार र मर्मतमा लगभग ६ अर्ब ( अर्थात ६०० करोड) खर्च बर्सेनी खन्याऊने अनौपचारिक अनुमान छ ।यस ठूलो आकारको ठूलो रकममा चलखेल गर्न ठुलै नेटवर्कको सक्रियता बुझ्न सकिन्छ। र तिनीहरुका कृतघ्न कर्तुतले गर्दा नै ऊपत्यकाका पौने करोड जनसंख्याले सडक, यातायात, सडक दुर्घटना र वायु प्रदुषणहरुको यो महामारी समस्याहरुमा फसेर बाच्नु नियती भईरहेको छ।

यस नियतीलाई बदल्न सरकारी नेत्रत्वहरुमा कुलमान जस्ता ती माफयाहरुको सँजाललाई चिरेर काम गर्न सक्ने अथक, ईमान्दार नेतृत्वहरु नजन्मिजेल यस बिकृत बिकासलाई सुधार्न सानो तिनो नागरिक दवाब, अभियान या आन्दोलनले सक्न सँभव होला भनि विश्वास गर्न गारो छ।

त्यसैले सम्पूर्ण क्षेत्रका नागरिकहरु, बिज्ञहरु, सामाजिक कार्यकर्ताहरु, अभियन्ताहरु, पेशाकर्मी,ब्यापारीहरु र राजनितीक ब्यक्तिहरुको सामूहिक सहभागितामा आक्रामक रुपमा नै सामाजिक आन्दोलन या अभियान चलाऊनु अत्यन्त आवश्यक भईसकेको छ।

यसै परिप्रेक्षमा यस बिकराल वायु प्रदुषणप्रती कुनै सजग र बिरोध गर्न नऊठेको नेपाली समाजलाई जगाऊन र तेती सरोकार नदेखाएको सुस्त सरकारलाई घचघचाऊन एक युवा र सेतो पुतली अभियन्ता मिलन राईले नाकमूख पुरै छोपेर मास्क लगाएर लामो झाडु बोकेर धुलो ऊडेको बीच सडकहरुमा बसेर ऊभीएको फोटो सामाजिक सञ्जालमा  भाइरल भएको थियो। जसले वर्तमानको हाम्रो बिरुप शहरी जीवनलाई ऊदाङगिएको थियो भने समाज र सरकारलाई ब्यँग पनि गरेका थिए। ऊनले यो अभियानलाई अझै पनि निरन्तरता दिईरहेका छन्।

ट्राफिक प्रहरीहरुको भूमिका

सडक यातायात व्यवस्थामा कामकार्बाहीमा प्रत्यक्ष फिल्डमै ऊत्रिएर काम गर्नु पर्ने ट्राफिक विभाग र प्रहरीहरुका कमी कमजोरिहरुका बावजुद पनि ट्राफिक प्रहरीहरुको मिहिनेत र समर्पणलाई नेपाली समाज र सरकारले सहयोग र सद्भाव राख्नै पर्छ।

किनकी २४ घण्टे धुलो धुवाँमा बसेर सवारी साधनहरुका अराजक भिडलाई सँयमित भएर निरन्तर सडकमा खट्नु कम्तिको जोखिमपुर्ण र थकानपुर्ण काम होईन ! सडकका धुला र धुवाँको सबै भन्दा धेरै पिडित को हुन् भने ती पक्कै नै हाम्रा ट्राफिक प्रहरी दाजुभाइ, दिदीबहिनीहरु नै हुन्। धुवाँ धुलो ,हिलो मैलो, घामपानी सबै जटिल अवस्थाहरुमा पनि जेलिएर ड्युटी गरेका ट्राफिक प्रहरीहरु वास्तव मै सम्मान र प्रेमका लायकहरु हुन्। सडकका वायु प्रदुषणले स्वास्थ्यमा सबैभन्दा धेरै हानी ट्राफिक प्रहरीहरुमा परिरहेको कुरा वैज्ञानिक अध्ययनहरुले देखाईसकेको छ।

ट्राफिक प्रहरीबाट बेला बेला भईरहने ट्राफिक संस्कृति अभियानहरुका कमी कमजोरीहरुलाइ मात्र नकारात्मक रुपमा प्रचार नगरी त्यसलाई सुधारेर अभियानलाई नागरिक समाज र जनताहरुले पनि शसक्त र सफल बनाऊन सहयोग गर्नु नै सडक दुर्घटना, सडक ट्राफिक समस्याहरु, सडक र शहरको वायु प्रदुषणमा सुधार आऊन्छ। ट्राफिक प्रहरीहरुले गर्ने भ्रष्टाचारलाई कार्वाही गरिनु पर्दछ तर सम्पुर्ण ट्राफिक प्रहरीहरुका मानमर्दन गर्दा ट्राफिक प्रहरीहरुका मनोविज्ञानमा असर परेर ऊनीहरुका कार्यक्षमतामा कमी आउन सक्छ जसले गर्दा सडक व्यवस्थामा नकारात्मक असर आउँदछ भन्ने कुरा हामी सबैले बुझ्न जरुरी छ।

ऊपत्यकामा लगभग ठूला, मध्यम, साना गरेर २००० किमी सडक बाटाहरु बनेका छन् भने यहाँको ६०-७० लाख जनसंख्या र ११ लाख सवारी साधनहरुलाई मात्र १००० ट्राफिक प्रहरीहरुले कसरी धानेका होलान् ? त्यो पनि बिना कुनै आधुनिक ऊपकरणहरु !

“मापसे” र “नो हर्न” अभियान ट्राफिक प्रहरी बिभागबाट नै लागु गरिएको हो र यसमा ट्राफिक प्रहरीहरुको अथक योगदान कै कारण हो ऊक्त अभियान सफल भएको छ। जसको सिको अन्य देशहरुले पनि गर्दै गरेको छ। अत: हाम्रा नेपाल ट्राफिक प्रहरीहरुलाई आधुनिक ऊपकरणहरु, आधुनिक ट्रेनिग, सुबिधाहरु दिएर ऊनीहरुको मनोबल र कार्यक्षमता ऊच्च राख्नु पर्दछ। हरेक नागरिकहरुले ऊनीहरुप्रति सम्मान र सहयोग राख्दै ट्राफिक नियमहरु पालना गर्नु नै वायु प्रदुषणलाई कम गर्न आफ्नो तर्फबाट पनि योगदान दिनु हो।

कतिपय नितीगत रुपमा नियमकानुन सुधार गरेर ट्राफिक प्रहरीहरुलाई अधिकार दिनु पर्दछ। यातायात व्यवस्था विभागले अधिकार जति आफै बोकेर फिल्डमा ऊत्रने ट्राफिक प्रहरी विभागलाई झीनामसिना अधिकार छेत्रमा कोच्नु सडक व्यवस्थापनको जटिल बनाऊन छोड्नु नै हो!

काठमाडाैँ ऊपत्यकाका नगरपालिकाहरुका मेयरहरु

स्थानीय चुनावमा विभिन्न घोषणापत्रहरु र बाचासँगै जितेका मेयर ,ऊपमेयरहरु, वडा अध्यक्षहरुलगायत का जनप्रतिनिधिहरु बाटो बिराएका बटुवाहरु झै रनभुल्लमा परेका हुन् या आफ्नो कर्म र दायित्वप्रती असंवेदनशील भएका हुन्?

धेरै प्रश्नहरु र जनअसन्तुष्टीहरु किन नबुझेका हुन् ? नेपाली राजनितीकका सनातनी चरित्र नै ऊहाँहरुका मुख्य हुन् भने । धेरैले भन्न थालेका छन् “काम गर्ने यस्तै चाला हो ४ वर्ष पछि हुने अर्को चुनावमा ऊहाँहरु नऊठे हुन्छ। जनताले जिताऊने छैनन्।“

सुन्दर, हराभरा, लिभेबल सिटी र स्मार्ट सिटीहरुका लामा लामा वाचाका सुचीहरु हेर्दा अहिले ऊहाँहरुलाई पक्कै लज्जाबोध हुन्छ की लगावबोध हु्न्छ ? “खैर आशा गर्नुको बाहेक जनता पनि के गर्न सक्छन् र ?” अब आशा निराशामा फस्नु भन्दा शसक्त नागरिक अभियान र आवाज ऊठाऊनु जरुरी छ।

(रत्न राम श्रेष्ठ, साईकल अभियानकर्ता हुन् ।)

भदौ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्