महोत्तरीमा डाकाहरुको आक्रमण, पाँचजना घाइते, १० लाख लुटियो

महोत्तरी – महोत्तरीको भंगहा नगरपालिका–६ जमुनियामा डाकाहरुको आक्रमणमा ५ जना घाइते भएका छन् । शुक्रवारराति स्थानीय अर्जुन भुजेलको घरमा लुटपाट गर्न गएका डाकाहरुले १० लाख बराबरको धनमाल लुटपाट गर्नुका साथै घरका ५ जनामाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रहरीले जनाएको छ ।

२० जनाको समूहमा आएका डाकाहरुले लुटपाटसँगै घरमुली अर्जुन भुजेल, उनको श्रीमति अञ्जुदेवी, छोराहरु दीपेन्द्र, अमीत र आफन्त सुमित बुढाथोकीमाथि धारिलो हतियार प्रहार गरेका हुन् ।

घाइतेहरुको अनुहार, टाउको र शरीरका विभिन्न भागमा चोट लागेको छ । उनीहरुको शुभस्वस्तिक अस्पलात बर्दिबासमा उपचार भइरहेको प्रहरीले जनाएको छ । लुटेरा समूह घरमा पसेपछि अर्जुनका परिवार भाग्न खोज्दा चार राउण्ड गोली समेत चलाइएको पीडितले बताएका छन् ।
घटनास्थलबाट प्रहरीले ३ राउण्ड गोलीका खोका फेला पारेको छ ।

भदौ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्