नेपाल समूह विजेता बन्दै साफको सेमिफाइनलमा, बंगलादेश २–० ले पराजित हुँदै बाहिरियो

बङ्गलादेश विरुद्ध गोल गरेपछि खुशी मनाउदै नेपाली खेलाडीहरु । तस्बिर सौजन्य : निशान राई

काठमाडौं–बङ्गलादेशको ढाकामा जारी साफ च्याम्पियनसीप फुटबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ । भर्खरै सकिएको खेलमा आयोजक बंगलादेशलाई २–० ले पराजित गर्दै नेपाल सेमिफाइनलमा प्रवेश गरेको हो । हारसँगै बंगलादेश भने प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाललाई जिताउन स्ट्राइकर बिमल घर्ती मगरर नवयुग श्रेष्ठले गोल गरे । खेलको ३३ औं मिनेटमा गोल बिमलको गोलमा नेपालले अग्रता लिएको थियो ।

डिबक्स बाहिरबाट पाएको फ्रिकिकमा बिमलले प्रहार गरेको बल विपक्षि गोल रक्षकको हातबाट फुत्किएर गोलमा परिणत भयो । अतिरिक्त खेलाडीका रुपमा मैदान छिरेका नवयुग श्रेष्ठले ९० औं मिनेटमा गोल गर्दै नेपाललाई समूह विजेताका रुपमा सेमिफाइनलमा पु¥याएका हुन् ।

समूह उपविजेताका रुपमा पाकिस्तान पनि सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले नेपाललाई पहिलो खेलमा २–१ ले पराजित गरेको थियो ।

भदौ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्