साफ च्याम्पियनसिप फुटबल

बंगलादेशलाई ‘रिंग आउट’ गर्दै टार्‍यो नेपालले भारतसँगको संभावित भेट

तस्बिर– दिल तामाङ

काठमाडौं– सनिबार दिउँसोसम्म बंगलादेशको साफ च्याम्पियनसिप फुटबलमा सेमिफाइनल यात्रा निश्चित जस्तै थियो ।

६ अंक सहित उ समूहको शीर्षस्थानमा थियो । भुटान २ खेल हारेपनि बंगलादेशले फराकिलोअन्तरले नेपाललाई र भुटानले फराकिलो अन्तरले पाकिस्तानलाई हराउँदा उसको पनि संभावना टुंगिएको भने थिएन । तर उसलाई आस पनि सायदै थियो अघिल्लो यात्राको ।

तर समूहमा सबैभन्दा बढि दवावमा नेपाल नै थियो । किनको उसको पाकिस्तान हार्दा पनि र अघिल्लो चरण संभावना थियो र आफूले जित्दा त झनै निश्चित थियो । तर बंगलादेशलाई भने बराबरी नै पर्याप्त थियो । बाँकी तिनै टोलीलाई यो सुविधा थिएन ।

नेपालले पहिलो खेलमा अन्तिम समयमा नमिठो हार व्यहोरेपछि दोश्रो खेलमा भुटानसँग खेलाडी परिवर्तन ग¥यो । कप्तान विराज महर्जन, भरत खवास, नवयुग श्रेष्ठ र निरन्जन खड्कालाई सुरुको ११ मा पेन्चमै राख्यो ।

बङ्गलादेश विरुद्ध गोल गरेपछि खुशी मनाउदै नेपाली खेलाडीहरु । तस्बिर : निशान राई

यसले नेपालको खेलमा सुधार आयो । भुटानलाई प्रतियोगिताकै सबैभन्दा नमिठो हार नेपालले नै चखायो । भुटान ४–० को फराककिलो अन्तरमा हा¥यो नेपालसँग । समग्रमा ९ गोल खाएको भुटानले विपक्षिको पोष्टमा एक गोल पनि गर्न सकेन ।

तर नेपाललाई हराएको पाकिस्तानलाई पनि दोश्रो खेलमा हराएको बंगलादेश भने समूहको सबैभन्दा बलियो थियो । उसलाई घरेलु मैदान र दर्शकको पनि साथ थियो । तर पाकिस्तानले भुटानविरुद्ध ३–० को नतिजा निकालेपछि बंगलादेशलाई केहि दवाव बढेको थियो । १–० ले हरापनि बंगलादेशको बाहिरिने अवस्था आएको थियो ।

तर नेपालले २–० को नमिठो हार चखायो र सम्मान अंक भएको बंगलादेशलाई घरेलु मैदानमै निराश बनायो । यो जितसँगै नेपालले सेमिफाइनलमा भारतसँगको संभावित भेट टारेको छ । समूह बी एक खेलबाँकी रहँदा भारत ३ अंक सहित शीर्ष स्थानमा छ ।

माल्दिभ्स र श्रीलंकाको सम्मान १ अंक छ । आइतबार भारत र माल्दिभ्स भिड्दै छन् । त्यो खेल बराबरी गरेमा भारत समुह बिजेता बन्दै पाकिस्तानसँगको भेट हुनेछ । नेपाल र भारतको भने फाइनलमा मात्रै भेट हुने छ दुवैले सेमिफाइनल जितेमा । नेपालले अहिलेसम्म साफ च्याम्पियनसिपको उपाधि जित्न सकेको छैन ।

नवयुग र बिमल बने नेपालको नायक


नेपाललाई जिताउन स्ट्राइकर बिमल घर्ती मगर र नवयुग श्रेष्ठले गोल गरे । खेलको ३३ औं मिनेटमा बिमलको गोलमा नेपालले अग्रता लिएको थियो । डिबक्स बाहिरबाट पाएको फ्रिकिकमा बिमलले प्रहार गरेको बल विपक्षि गोल रक्षकको हातबाट फुत्किएर गोलमा परिणत भयो ।

अतिरिक्त खेलाडीका रुपमा मैदान छिरेका नवयुग श्रेष्ठले ९० औं मिनेटमा गोल गर्दै नेपाललाई समूह विजेताका रुपमा सेमिफाइनलमा पु¥याएका हुन् । समूह उपविजेताका रुपमा पाकिस्तान पनि यो समूहबाट सेमिफाइनलमा प्रवेश गरेको छ । पाकिस्तानले नेपाललाई पहिलो खेलमा २–१ ले पराजित गरेको थियो ।

बंगलादेशलाई नेपालले सन् २०१३ को साफ च्याम्पियनसिपमा पनि २–० ले नै पराजित गरेको थियो ।

भदौ २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्