भारत भर्सेस इंग्ल्याण्ड, पाँचौँ टेस्ट

विराट कोहली १ रनले चुके

ओभलमा जारी पाँचौँ तथा अन्तिम टेस्ट क्रिकेटमा भारतले मध्यम प्रदर्शन गरिरहेको छ । इंग्ल्याण्डले पहिलो पारीमा ३३२ रन बनाएपछि दोस्रो दिन शनिबार पहिलो पारीको ब्याटिङ्ग सुरु गरेको भारतले ६ विकेटको क्षतिमा १७४ रन बनाएको छ ।

भारतका कप्तान विराट कोहली अर्धशतक बनाउन एक रनले चुके । उनले ६ चौकाको सहयोग ४९ रन बनाए । कोहली बेन स्टोकको बलमा आउट भएका हुन् । यस्तै केएल राहुल र चेतेश्वर पूजाराले समान ३७ रन बनाएका छन् ।

दिनको खेल सकिँदा इंग्ल्याण्डले १५८ रनको अग्रता लिएको छ । पहिलो दिन पहिलो पारीमा सात विकेटको क्षतिमा १९८ रन बनाएको इंग्ल्याण्डले दोस्रो दिन राम्रो प्रदर्शन गर्न सफल भयो ।

इंग्ल्याण्डका जोस बट्लरले ८९ तथा एलिस्टर कुकले ७१ रन बनाए । इंग्ल्याण्डका लागि मोइन अलीले ५० तथा किटन जेनिसले २३ रनको योगदान दिए । पाँच टेस्टको शृङ्खला इंग्ल्याण्डले ३–१ ले आफ्नो पक्षमा पारिसकेको छ ।

भदौ २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्