विराटनगर महानगरपालिकाका खरिदार पक्राउ

विराटनगर – विराटनगर महानगरपालिकाका कर्मचारी तिलकमणी पोखरेल आर्थिक अनियमियतता गरेको आरोपमा पक्राउ परेका छन्। विराटनगर महानगर प्रमुख भीम पराजुलीको नेतृत्वमा आइतबार दिउँसो पोखरेल पक्राउ परेका हुन्।

महानगरपालिकामा आर्थिक पाटोमा अनियमितताको गुनासो आउन थालेपछि, वडा नम्बर ७ का वडाध्यक्ष मधुबाबु तिवारीले पोखरेललाई पक्राउ गरेका हुन्। पोखरेलले ग्राहकसंग लिएको रकम र काटिएको बीलमा अन्तर भेटिएपछि पक्राउ गरिएको थियो।

वडा नम्बर ७ का बासिन्दा मीना शाक्यले घर बहाल कर तिर्ने क्रममा पोखरेल पक्राउ परेको हुन्। शाक्यलाई घर बहाल करका लागि पोखरेलले ८५ हजार रुपैया लाग्ने बताएका थिए।

सोही अनुसार, शाक्यले पोखरेललाई रकम बुझाएपनि, बिल भने ७३ हजार ५५ रुपैयाको मात्र काटिएको वडाध्यक्ष तिवारीले बताए। पोखरेलले यसबीच ११ हजार ९ सय ९५ रुपैया ग्राहकको हिनामिना गरेको स्वीकार गरेको उनले बताए। पक्राउ परेको पोखरेल महानगरपालिकाको वित्तिय ब्यवस्थापन महाशाखामा खरिदार हुन्।

भदौ २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्