मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु

चितवन-भरतपुर महानगरपालिका-६ पुल्लरमा आज मोटरसाइकलको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका– १४ निवासी ६५ वर्षीया पार्वती न्यौपाने छिन्।

जिल्ला प्रहरी कार्यालयका अनुसार जगतपुरबाट गीतानगरतर्फ आउँदै गरेको ना ५० प ३३११ नं को मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते न्यौपानेको उपचारका लागि भरतपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको हो।

सामान्य घाइते भएका चालकको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ। मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ।

भदौ २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्