रेस्टुरेन्टमा विवाद हुँदा तरुणदल रोल्पाका अध्‍यक्षको गोली हानी हत्‍या

फाइल फोटो

काठमाडौं-रेस्टुरेन्टमा विवाद हुने क्रममा तरुण दल रोल्पा नगरपालिकाका अध्‍यक्ष रोहित पुनको आइतबार गोली हानी हत्‍या गरिएको छ।

पूर्व वाइसिएल निकट देव बहादुर घर्तीले रेष्टुरेन्टमा सामान्‍य विवाद हुने क्रममा उनको गोली हानी हत्या गरेका हुन।

जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार घर्तीलाई अहिले प्रहरी नियनन्त्रमा लिइएको छ।

पुन २९ वर्षका थिए।३० वर्षीय घर्तीले रोल्पा सुली चौरस्थित इलाका प्रहरी कार्यालको सय मिटर दूरीमै पुनको गोली हानी हत्‍या गरेका हुन्।

पुन तथा उनका स्थानीय सहयोगीहरुले प्रहरीसँग पटक पटक अवैध हतियार राखेका केही माओवादीहरुबाट खतरा रहेको र उनीहरुले एक केन्द्रीय मन्त्रीको नाम लिएर आफूहरुलाई धम्क्याउने गरेको स्थानीय प्रशासनलाई जानकारी गराएको बुझिएको छ।

भदौ २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्