अल्टिच्युड हेलिकप्टर दुुर्घटनाबारे छानबिन समिति गठन

काठमाडौँ – गोरखाको सामागाउँबाट काठमाडौँ आउने क्रममा शनिबार दुर्घटनामा पेरको अल्टिच्युड एयरको हेलिकप्टर दुर्घटनाबारे छानबिन समिति गठन भएको छ । आइतबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो ।

समितिका सदस्यहरुमा सिम्रिक एयरका वरिष्ठ क्याप्टेन सिद्धार्थजङ्ग गुरुङ र समिट एयरका वरिष्ठ इन्जिनियर मेगेन्द्रकुमार श्रेष्ठ रहेका छन् । समितिलाई एक हप्ता भित्र घटनाको छानबिन गरी प्रतिवेदन बुझाउन समय सीमा तोकिएको मन्त्रालयका सहप्रवक्ता प्रकाश शर्माले जारी गरेको विज्ञप्ति उल्लेख छ ।

शनिबार बिहान गोरखाको सानोगाउँबाट काठमाडौँका लागि उडेको हेलिकप्टर नुवाकोटको म्यागङ गाउँपालिका–१ मैलुङ्गपाखामा दुर्घटना भएको थियो । दुर्घटनामा परी ६ जनाको ज्यान गएको छ भने एकजना घाइते भएका छन् ।

हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित ७ जना सवार थिए । एक घाइतेको उद्धार गरिएको छ । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कामात्सु, दिल्लीबहादुर गुरुङ, हिरा शेर्पा, ल्हो आनी, डोल्मा डिकी, छोवाङ नुर्बु, सुनिल तामाङ, निश्चल केसीको सवार थिए ।

डोल्मा डिकीको मात्रै जीवितै उद्धार गरिएको छ । उनको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ।

भदौ २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्